कतारमा अवैध भिसा कारोबार गर्ने एसियाली नागरिक पक्राउ | Khabarhub Khabarhub

कतारमा अवैध भिसा कारोबार गर्ने एसियाली नागरिक पक्राउ


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा अवैध भिसा कारोबार गर्ने एक जना पक्राउ परेका छन् ।

कतारको गृह मन्त्रालयको अपराध अनुसन्धान विभागले नक्कली कम्पनी खोलेर भिसा कारोबारमा संलग्न एसियाली नागरिकलाई पक्राउ गरेको छ ।

उनको साथबाट १३ वटा एटिएम कार्ड, ४ वटा व्यक्तिगत परिचयपत्र र एउटा ल्यापटप कम्प्युटर बरामद गरिएको छ ।

अभियुक्तको अनुसन्धानका क्रममा उनले आफूमाथि लागेको आरोप स्वीकारे पछि बरामद सामग्रीसहित ती व्यक्तिलाई न्यायिक निकायमा पठाइएको छ।

मन्त्रालयले यसअघि नै अवैध भिसाको कारोबार गर्ने जोकोहीलाई अधिकतम तीन वर्ष कैद वा पहिलो पटक पचास हजार कतारी रियालसम्म जरिवाना र दोहोर्‍याइएको अवस्थामा एक लाख रियालसम्म जरिवाना हुने जनाइसकेको छ ।

उत्तरदायित्वबाट बच्न र कानुन र प्रक्रियाहरूको पालना गर्न अधिकारीहरूले जनतालाई यस्ता भिसाका प्रवर्द्धकहरूसँग व्यवहार नगर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : ५९ बजे

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही