कतारमा अवैध भिसा कारोबार गर्ने एसियाली नागरिक पक्राउ « Khabarhub

कतारमा अवैध भिसा कारोबार गर्ने एसियाली नागरिक पक्राउ


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा अवैध भिसा कारोबार गर्ने एक जना पक्राउ परेका छन् ।

कतारको गृह मन्त्रालयको अपराध अनुसन्धान विभागले नक्कली कम्पनी खोलेर भिसा कारोबारमा संलग्न एसियाली नागरिकलाई पक्राउ गरेको छ ।

उनको साथबाट १३ वटा एटिएम कार्ड, ४ वटा व्यक्तिगत परिचयपत्र र एउटा ल्यापटप कम्प्युटर बरामद गरिएको छ ।

अभियुक्तको अनुसन्धानका क्रममा उनले आफूमाथि लागेको आरोप स्वीकारे पछि बरामद सामग्रीसहित ती व्यक्तिलाई न्यायिक निकायमा पठाइएको छ।

मन्त्रालयले यसअघि नै अवैध भिसाको कारोबार गर्ने जोकोहीलाई अधिकतम तीन वर्ष कैद वा पहिलो पटक पचास हजार कतारी रियालसम्म जरिवाना र दोहोर्‍याइएको अवस्थामा एक लाख रियालसम्म जरिवाना हुने जनाइसकेको छ ।

उत्तरदायित्वबाट बच्न र कानुन र प्रक्रियाहरूको पालना गर्न अधिकारीहरूले जनतालाई यस्ता भिसाका प्रवर्द्धकहरूसँग व्यवहार नगर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : ५९ बजे

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६