विश्व कीर्तिमानी निर्मल पूर्जालाई बेलायतमा सम्मान « Khabarhub

विश्व कीर्तिमानी निर्मल पूर्जालाई बेलायतमा सम्मान


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायतको ईष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने पूर्व गोर्खा आरोही निर्मल पुर्जालाई उच्च सम्मान प्रदान गरेको छ ।

पुर्जालाई काउन्सिलले ‘फ्रिडम अफ दि बरो’ उपाधि सहित सम्मान गरिएको हो । काउन्सिल भवनमा आयोजित एक समारोहबिच इष्टली मेयर काउन्सिलर सिन्थिया गार्टोनले उनलाई उक्त सम्मान प्रदान गरेकी हुन् ।

सन् १९४६ मा इष्टली बरो बनेयता उक्त सम्मान पाउने पूर्जा १७औं व्यक्ति हुन् । सम्मान प्रदान गर्दै मेयर सिन्थियाले पूर्जा विश्वले नै गर्व गर्न लायक धरोहर भएको भन्दै बधाई दिइन् । निर्मल पूर्जाले सम्मान प्रदान गरिएकामा काउन्सिलप्रति आभार व्यक्त गरेका छन् । निर्मल इष्टली बरोकै बासिन्दा हुन्।

निर्मल नेपाल पर्वतारोहण संघको सद्भावना दूतसमेत हुन् । उनले दुई वर्षअघि सबैभन्दा कम अवधि ६ महिना ६ दिनमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । पुर्जामा आधारित रहेर तैयार पारिएको वृत्तचित्र नेटफ्लीक्समा ट्रेन्डिङमा पर्न सफल भएको थियो ।

एसोसिएसन अध्यक्ष कमल पूर्जाले निर्मलले उक्त सम्मान पाएर नेपाली समुदायको शिर उचो बनाएको बताए । समारोहमा इष्टली गोर्खा नेपलिज एसोसिएसन अध्यक्ष कमलबहादुर पूर्जा लगायत एसोसिएसन पदाधिकारी, काउन्सिल लिडर, काउन्सिलका प्रमुख कार्यकारी, भूपू गोर्खाहरू आदिको सहभागिता थियो ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १० : १० बजे

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि