युरोपका तीन प्रधानमन्त्री किभमा « Khabarhub

युरोपका तीन प्रधानमन्त्री किभमा


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपका तीन प्रधानमन्त्रीहरू व्यापक रुसी आक्रमणको सामना गरिरहेको युक्रेनी राजधानी किभ पुगेका छन् । युक्रेनी राष्ट्रपति भोदोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्न र रुसी आक्रमण विरुद्ध ऐक्यबद्धता जनाउन पोल्यान्ड, स्लोभिनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरू किभ पुगेका हुन् ।

पोल्यान्डका प्रधानमन्त्री मातेयस मोरावेस्की, चेक गणतन्त्रका प्रधानमन्त्री पिटर फिआला र स्लोभेनियाका प्रधानमन्त्री यानेज याश्ना रेलमार्गबाट त्यहाँ पुगेको बीबीसीले जनाएको छ ।

चेक गणतन्त्रका प्रधानमन्त्री फिआलाले ट्विटरमा लेखेका छन्, ‘हामीलाई थाहा छ तपाईंहरू हाम्रो जीवनका लागि पनि लडिरहनु भएको छ । तपाईंहरू एक्लै हुनुहुन्न, हाम्रा देशहरूमाथि तपाईंको पक्षमा छन् ।’

त्यस्तै, पोल्यान्डका प्रधानमन्त्री मोरावेस्कीले युक्रेनलाई गुमाएको खण्डमा युरोप उस्तै नरहने र युरोप ‘हार, लज्जा, दयनीय अवस्था’ मा पुग्ने प्रतिक्रिया दिएका छन् ।

‘तपाईंहरुको भ्रमण युक्रेनप्रति शक्तिशाली समर्थनको अभिव्यक्ति हो ।’ जेलेन्स्कीले तीन प्रधानमन्त्रीको प्रतिनिधिमण्डललाई बताएको बीबीसीले जनाएको छ ।

भ्रमणका क्रममा रुसविरुद्ध कठोर प्रतिबन्ध र रुसलाई आतङ्कवादलाई साथ दिने देशको मान्यता दिने विषयमा छलफल भएको युक्रेनी प्रधानमन्त्री डेनिस श्याम्हालले ट्विटरमार्फत् जनाएका छन् ।

रुसले युक्रेनमा आक्रमण थालेयता किभमा उच्चस्तरीय विदेशी प्रतिनिधिमण्डलको यो पहिलो भ्रमण हो ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ११ : ३४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस