शान्तिवार्ता यथार्थपरक दिशामा – जेलेन्स्की « Khabarhub

शान्तिवार्ता यथार्थपरक दिशामा – जेलेन्स्की


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको वार्ता ‘यथार्थपरक दिशा’ तर्फ अघि बढिरहेको जनाएका छन् । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले यद्यपि थप केही समय लाग्ने बताएका छन् ।

‘वार्ताहरु भइरहेका छन् र छलफल यथार्थपरक हुँदै गएको मलाई जानकारी गराइएको छ । तर युक्रेनको हितमा निर्णय लिन अझै केही समय लाग्न सक्छ ।’ उनले भने ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा रुसी वार्ताकारहरूले आफ्नो प्रस्तावलाई अझ लचिलो बनाउँदै लगेको समाचार आएको थियो ।

यसैबीच युक्रेनका प्रमुख वार्ताकारले अबको एक वा दुई सातामा रुससँग शान्ति सम्झौता हुनसक्ने बताएका छन् । युक्रेनी वार्ता टोलीका सदस्य एवम् जेलेन्स्कीका निकटस्थ ओलेक्सेई एरेस्तोभिचले युक्रेनमा आक्रमण गर्ने रुसी फौजको श्रोत र साधन सकिँदै गएको खण्डमा एक वा दुई साताको अवधिमा शान्ति सम्झौता हुनसक्ने बताएका हुन् ।

यसअघि राष्ट्रपति जेलेन्स्कीले युक्रेन नेटोको सदस्य नहुने बताएका थिए । विश्लेषकहरूले भने यसलाई युक्रेन नेटोको सदस्य मुलुक हुन नहुने प्रस्तावप्रति जेलेन्स्कीले लचकता देखाएको अर्थमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १२ : १२ बजे

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम