युक्रेनमा फक्स न्युजका दुई पत्रकार मारिए « Khabarhub

युक्रेनमा फक्स न्युजका दुई पत्रकार मारिए


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा अमेरिकी टेलिभिजन च्यानल फक्स न्युजका दुई पत्रकार मारिएका छन् । राजधानी किभको बाहिरी क्षेत्रमा रहेको होरेन्का क्षेत्रमा फक्स न्युजका ५५ वर्षीय क्यामेरापर्सन आइरिश नागरिक पिएर जाक्रजेव्स्की र २४ वर्षे युक्रेनी ओलेक्सान्द्रा कुभ्सिनोभा मारिएको फक्स न्युजले जनाएको छ ।

फक्स न्युजले पत्रकारको मृत्युप्रति दुःख व्यक्त गरेको छ । च्यानलकी प्रमुख कार्यकारी सुजन स्कटले आफ्नो संस्थाका लागि यो ‘हृदयविदारक दिन’ भएको जनाएकी छिन् ।

उनका अनुसार पिएर अफगानिस्तान, सिरिया इराकजस्ता द्वन्द्वग्रस्त स्थानमा गई समाचार संकलन गर्दै आएका थिए भने कुभ्सिनोभा केही महिनाअघिमात्रै फक्स न्युजमा काम थालेकी थिइन् ।

यसअघि उनीहरूसँगै काम गर्ने ३९ वर्षे बेलायती पत्रकार बेन्जामिन हल घाइते भएको समाचार सार्वजनिक भएको थियो । उनको अवस्था गम्भीर रहेको जनाइएपनि यसबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

गत आइतबारमात्रै न्युयोर्क टाइम्सका पत्रकार ब्रेन्ट रेनडलाई किभ बाहिरको इरपिन शहरमा गोली हानी हत्या गरिएको थियो । युक्रेनी संसद्को मानवअधिकार समितिकी प्रमुख लुदमिला डेनिसोभाले युक्रेनमा कम्तीमा अरु दुई पत्रकार मारिएको जनाएकी छिन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १२ : ४१ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको