उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण असफल – दक्षिण कोरिया « Khabarhub

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण असफल – दक्षिण कोरिया


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र परीक्षण असफल भएको दक्षिण कोरियाले जनाएको छ । राजधानी प्योङ्याङ नजिकैबाट प्रक्षेपण गरिएको संदिग्ध क्षेप्यास्त्र परीक्षण असफल भएको दक्षिण कोरियाले सेनाले जनाएको हो ।

‘उत्तर कोरियाले सुनान क्षेत्रबाट करिब साढे ९ बजे अज्ञात क्षेप्यास्त्र प्रहार गर्यो तर उडानलगत्तै यो असफल हुन पुग्यो ।’ दक्षिण कोरियाली सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

क्षेप्यास्त्र परीक्षण गरिएको ठाउँमा स्थानीयहरुले ठूलो विमानले उडान भरे जस्तो आवाज सुनेको र एकैछिनमा ठूलो आवाजमा केही विस्फोट भएजस्तो आवाज आएको स्थानहरूलाई उद्धृत गर्दै उत्तर कोरियाको समाचार दिने वेबसाइट एनके न्युजले जनाएको छ ।

उत्तर कोरियाले हालसम्म ९ पटक क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । केही दिनअघिमात्रै अमेरिकी अधिकारीले उत्तर कोरियाले लामो दूरीसम्म मार हान्न सक्ने अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रणालीका केही हिस्सा परीक्षण गरेको जनाएका थिए ।

संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियाको क्षेप्यास्त्र र आणविक परीक्षणको निन्दा गर्दै लामो समयदेखि नाकाबन्दी र प्रतिबन्धहरू लगाउँदै आएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १ : ३० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क