रुसी फौजद्वारा मारिउपोलको अस्पताल कब्जा, ४ सय बन्धक « Khabarhub

रुसी फौजद्वारा मारिउपोलको अस्पताल कब्जा, ४ सय बन्धक


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजले युक्रेनको दक्षिणपूर्वी शहर मारिउपोलमा अस्पताल कब्जा गरी ४ सय जनाभन्दा धेरैलाई बन्धक बनाएको स्थानीय नेताले बताएका छन् । मारिउपोलका क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोले सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै रुसी फौजले अस्पताललाई चारैतिरबाट कब्जा गरेको बताएका हुन् ।

उनले अस्पतालभित्र ४ सय जनालाई बन्धक बनाएर राखेको र बाहिर निस्कन खोज्नेमाथि गोली प्रहार गरेको समेत बताए । अस्पतालभित्र एक सयजना भन्दा धेरै चिकित्सक र बिरामी फसेको भन्दै उनले रुसी फौजले बन्धकलाई मानव ढालको रुपमा प्रयोग गरिरहेको आरोप लगाए ।

उनले युद्धको नियम र नीतिको विरुद्धमा गई रुसी फौजले गरेका यस्ता गतिविधिको प्रतिकार गर्न समेत विश्वलाई आग्रह गरे ।

रुसी फौजको घेराबन्दीमा परेको मारिउपोल शरमा यसअघि पनि रुसी फौजले बाल अस्पतालमा आक्रमण गरेको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको यस्तो गतिविधिलाई युद्ध अपराध र नरसंहारको संज्ञा दिएका थिए ।

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ३ : २० बजे

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि