आईसीसी क्रिकेट डिभिजन–२ः पीएनजीबाट नेपाललाई २०५ रनको लक्ष्य « Khabarhub

आईसीसी क्रिकेट डिभिजन–२ः पीएनजीबाट नेपाललाई २०५ रनको लक्ष्य


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यूएई– आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २ सय ४ रनको योगफल खडा गरेको हो ।

पीएनजीका चाल्र्स एमिनीले सर्वाधिक ५९ रन बनाए । उनले पभेलियन फर्किनुअघि ८२ बलमा सात चौका प्रहार गरे । यसबाहेक, चाड सोपरले ३५, टोनी उराले २७, लेगा सिएकाले २५ र नोर्मन भानुआले २३ रन जोडे ।

नेपालका सोमपाल कामीले तीन विकेट लिएका छन् । त्यस्तै, कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले दुई–दुइ विकेट लिए ।

शृंखलाको दोस्रो खेल नेपालले १८ मार्चमा यूएईविरुद्ध खेल्नेछ । त्यस्तै, तेस्रो खेल २१ मार्चमा यूएईविरुद्ध नै हुनेछ र अन्तिम खेल २२ मार्चमा पीएजनीविरुद्ध खेल्ने छ ।

नेपाल आठ खेलमा आठ अंकसहित छैटौँ स्थानमा छ । नेपालले चार खेल जितेको छ भने चार खेल गुमाएको छ । १३ खेल खेलेको पपुवा न्युगिनीले भने अंक खाता खोल्न सकेको छैन ।

त्यस्तै, यूएई भने १५ खेलमा १८ अङ्कसहित दोस्रो स्थानमा भने ओमान २८ खेलमा ३६ अङ्कका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा १६ अंक जोड्दै तेस्रो स्थानमा छ भने नामिबिया र अमेरिका समान १४ अङ्कसहित चौथो र पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ३ : ३६ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ