युक्रेनमा झण्डै हरेक सेकेन्ड एक बालबालिका शरणार्थी बन्छन् – संयुक्त राष्ट्रसंघ « Khabarhub

युक्रेनमा झण्डै हरेक सेकेन्ड एक बालबालिका शरणार्थी बन्छन् – संयुक्त राष्ट्रसंघ


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा प्रति सेकेन्ड झन्डै एक बालबालिका युद्धको कारण शरणार्थी बन्न बाध्य हुन थालेको संयुक्त राष्ट्र मानवीय संगठनहरूले जनाएका छन् ।

रूसी आक्रमण सुरु भएदेखि अहिलेसम्म यस देशबाट भागेका मानिसहरूको संख्या तीस लाखभन्दा बढी पुगेको राष्ट्रसंघको प्रारम्भिक तथ्याङ्क छ । 

‘अहिले युक्रेनबाट छिमेकी देशहरूमा मानिसहरूको प्रवाह ३० लाखभन्दा बढी पुगेको हामीले प्रक्षेपण गरेका छौँ ।’ अन्तर्राष्ट्रिय आप्रवासी संगठन आईओएम का प्रवक्ता पल डिलनले जानकारी दिए । उनका अनुसार यिमध्ये लगभग एक लाख ५७ हजार तेस्रो देशका नागरिक छन् ।

फेब्रुअरी २४ मा रूसी आक्रमण सुरु भएदेखि अहिले लगभग १५ लाख बालबालिका युक्रेनबाट बाहिरिएका छन् । पछिल्ला २० दिनका दौरान युक्रेनमा हरेक दिन ७० हजार भन्दा बढी केटाकेटी शरणार्थी बन्न बाध्य छन् । 

संयुक्त राष्ट्रसंघ बालकोष युनिसेफका प्रवक्ता जेम्स एल्डरले भने, ‘हरेक मिनेट ५५ जना बालबालिका युक्रेन छोडेर विदेशिने गरेका छन् ।’

युक्रेनमा हिंसाबाट भागिरहेका १० मध्ये नौ जना महिला तथा केटाकेटीहरू रहेका युनिसेफका प्रवक्तालाई उद्धृत गरी राष्ट्रसंघको सञ्चारमामिला हेर्ने संगठन यूएन न्युज ले उल्लेख गरेको छ । युवाहरू अपरिचित नयाँ वातावरणमा आइपुग्दा तस्करहरूको सिकार भइरहेको आशङ्का पनि गरिएको छ । 

प्रवक्ता एल्डरले भने, ‘मैले भ्रमण गरेको सीमाक्षेत्र खासगरी, पोल्याण्डको मेडिका गाउँदेखि युक्रेनको राजधानी किभसम्म त्यताबाट आएको बताउने हजारौँ मानिसहरू बस र मिनीबस वरिपरि व्यवस्थापनको खोजीमा उभिरहेका भेटेको थिएँ । उनीहरू कम्तीमा पनि एक हप्ताअघि ती सीमाहरूमा पुगेका थिए ।’

उनले भने, ‘अवश्यपनि, अधिकांश मानिसहरू अद्भूत मनसाय र ठूलो उदारता भएका मानिसहरू हुन् तर युरोपमा तस्करीबारे हामीले बुझेको कुरालाई विचार गर्दा यो अझै पनि एकदमै गम्भीर मुद्दा भएको छ ।’

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ४ : ४४ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६