अष्ट्रेलियामा स्यालले प्रत्येक वर्ष ३० करोड जनावर मार्ने गरेको तथ्य फेला « Khabarhub

अष्ट्रेलियामा स्यालले प्रत्येक वर्ष ३० करोड जनावर मार्ने गरेको तथ्य फेला


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रेलियामा स्यालले मात्र प्रत्येक वर्ष ३० करोड जनावर मार्ने गरेको एक अनुसन्धानले देखाएको छ ।

अष्ट्रेलियाका प्राध्यापक तथा अनुसन्धानकर्ताहरूको उक्त अनुसन्धानले स्यालले ३० करोड स्तनधारी जनावर‚ चरा‚ र सरीसृपहरू मार्ने गरेको पत्ता लगाएका हुन् ।

त्यस्तै‚ अष्ट्रेलियामा स्याल र बिरालाहरूले सामूहिक रूपमा प्रत्येक वर्ष २.६ अर्व स्तनपायी‚ चराहरू र सरीसृपहरूलाई मार्ने गरेका छन् ।

अष्ट्रेलियाको जैविक विविधतामा ठूलो गिरावट आउनुको एउटा प्रमुख कारण यो विशाल मृत्युको संख्या हो। उदाहरणका लागि‚ बिरालो र स्यालहरूले अष्ट्रेलियाको ३९ ओटा स्तनपायी विलुप्त हुनमा ठूलो भूमिका खेलेका छन् ।

उक्त अध्ययनले अष्ट्रेलियामा १७ लाख स्यालहरू रहेको अनुमान गरेको छ । मुख्य भूमिको ८० प्रतिशत र ५० अस्ट्रेलियाली टापुहरूमा फैलिएको छ। उनीहरु उष्णकटिबंधीय उत्तरी अष्ट्रेलिया र तास्मानियामा चाहिँ खासै रहेका छैनन् । 

अष्ट्रेलियाले वन्यजन्तु भविष्यमा हुने लोप हुनबाट जोगाउन दुवै जनावर स्याल र बिरालोको व्यवस्थापनलाई तीव्र रूपमा मापन गर्नु पर्ने बताएका छन् । भिक्टोरियन सरकारले मेलबर्नमा प्रति वर्ग किलोमिटर १६ वटा स्याल रहेको अनुमान गरेको छ।

स्यालहरूले प्रत्येक वर्ष ८.८ करोड सरीसृपहरू मार्छन् । तिनीहरूले १०८ ओटा विभिन्न प्रजातिहरूलाई मार्ने गरेको रेकर्ड गरिएको छ स्यालहरूले प्रत्येक वर्ष ११.१ करोड चराहरूलाई मार्छन् । यी मध्ये मध्ये ९३ प्रतिशत स्थानीय चराहरू हुन् । स्वदेशी हुन्। तिनीहरूले १२८ प्रजातिका चराहरूलाई मार्ने गरेका छन् । यो अष्ट्रेलियामा पाइने चराको प्रजातिको १८ प्रतिशत हो ।यसरी मारिनेमा माली–फाउल र सानो पेन्गुइन जस्ता चराहरू रहेका छन् ।

त्यस्तै‚ स्यालले प्रत्येक वर्ष ३६.८ करोड स्तनधारी जनावर मार्ने गरेको छ । यसरी मारिनेमा मनकार (ग्रेटर बिल्बी)‚ क्वेन्डा (साउदन ब्राउन ब्यान्डिकुट)वारु लगायतका ११४ प्रजातिका जनावरहरू रहेका छन् । यो बाहेक स्यालले प्रत्येक वर्ष २५.९ करोड मुसा र खरायो जस्ता आक्रमण नगर्ने जनावरहरू मार्ने गरेको छ । । यो बाहेक तिनीहरूले भेडा‚ सुँगुर र कुखुरा जस्ता पशुहरू पनि मार्छन्। प्रत्येक दिन अष्ट्रेलियामा १९ लाख सरीसृप‚ १४ लाख चराहरू र ३९ लाख स्तनपायीहरू मार्ने गरेका छन् ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ५ : ५१ बजे

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या

नेपालमा आइसिसी टी-२० विश्वकपको ट्रफी टुर तीन दिनसम्म चल्ने

काठमाडौं – भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

पेरिस – फ्रान्समा बालबालिकालाई अत्यधिक स्क्रिन टाइमबाट जोगाउन नयाँ प्रयास