साना दलहरूले आफ्नै चुनाव चिन्ह पाउने: निर्वाचन आयोग « Khabarhub

साना दलहरूले आफ्नै चुनाव चिन्ह पाउने: निर्वाचन आयोग


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले आगामी चुनावमा आफ्नो दलको चिन्ह पाउने भएका छन् । आज बसेको निर्वाचन आयोगको बैठकले दलको मान्यता नपाएका दलहरूले संगठनको अवस्थाको विवरण पेस गरेमा उनीहरूको दलको चुनाव चिन्हलाई मान्यता दिने जनाएको हो ।

त्यसका लागि ती दलहरूको कुन-कुन जिल्लाका संगठनको अवस्था कस्तो छ ? त्यसको विवरण माग्ने सोही आधारमा चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । त्यसको विवरण पेश गर्नका लागि स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७३ दलहरूलाई आगामी चैत ६ गतेभित्र विवरण पेश गर्ने समयसीमा तोकेको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ मा यसअघि भएको चुनावमा बाहेक आगामी चुनावहरूमा राष्ट्रिय मान्यता नपाएको दलले आफ्नो दलको चिन्ह नपाउने व्यवस्था थियो । राष्ट्रिय मान्यता पाएका ६ दलले मात्र चुनावमा जाँदा आफ्नो दलको चिन्ह पाउने र अन्य दलले स्वतन्त्रको हैसियतले चिन्ह पाउने भएपछि ती दलहरूले विरोध गर्दै आएका थिए ।

उक्त अवधिमा विवरण पेश नगर्ने दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिन्ह प्रदान गरिने आयोगले प्रस्ट पारेको छ । जिल्लाबाट प्राप्त भएको विवरण भिडेको खण्डमा आयोगले निर्णय गरी मतपत्रमा सो दलको निर्वाचन चिन्ह उल्लेख गर्नेछ ।

त्यसबाहेक भने अन्य जिल्लाका मतपत्रमा उक्त दलको निर्वाचन चिन्ह नभएमा उक्त जिल्लाका स्थानीय तह निर्वाचनमा दलको तर्फबाट उम्मेदवारी दिएमा पनि स्वतन्त्र समूहको निम्ति छुट्याइएको निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिने प्रतिबद्धतासमेत दलले व्यक्त गर्नुपर्नेछ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ८ : ४२ बजे

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि‍‍‍…

जुम्ला – यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको

विश्वकप लिग-२ : टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दैै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

प्रधानमन्त्री बालेन भन्छन्- नेताको भीडबाट होइन, विद्यार्थीले गुरुबाट राजनीति सिकून्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक

फेरि बजारमा एकपटक कमेडीको लहर

काठमाडौँ – ‘नयाँ पुस्ता परिवर्तनका सम्बाहक हुन्’ भन्ने भनाइको प्रभाव

आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक रणनीति