साना दलहरूले आफ्नै चुनाव चिन्ह पाउने: निर्वाचन आयोग « Khabarhub

साना दलहरूले आफ्नै चुनाव चिन्ह पाउने: निर्वाचन आयोग


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले आगामी चुनावमा आफ्नो दलको चिन्ह पाउने भएका छन् । आज बसेको निर्वाचन आयोगको बैठकले दलको मान्यता नपाएका दलहरूले संगठनको अवस्थाको विवरण पेस गरेमा उनीहरूको दलको चुनाव चिन्हलाई मान्यता दिने जनाएको हो ।

त्यसका लागि ती दलहरूको कुन-कुन जिल्लाका संगठनको अवस्था कस्तो छ ? त्यसको विवरण माग्ने सोही आधारमा चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । त्यसको विवरण पेश गर्नका लागि स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७३ दलहरूलाई आगामी चैत ६ गतेभित्र विवरण पेश गर्ने समयसीमा तोकेको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ मा यसअघि भएको चुनावमा बाहेक आगामी चुनावहरूमा राष्ट्रिय मान्यता नपाएको दलले आफ्नो दलको चिन्ह नपाउने व्यवस्था थियो । राष्ट्रिय मान्यता पाएका ६ दलले मात्र चुनावमा जाँदा आफ्नो दलको चिन्ह पाउने र अन्य दलले स्वतन्त्रको हैसियतले चिन्ह पाउने भएपछि ती दलहरूले विरोध गर्दै आएका थिए ।

उक्त अवधिमा विवरण पेश नगर्ने दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिन्ह प्रदान गरिने आयोगले प्रस्ट पारेको छ । जिल्लाबाट प्राप्त भएको विवरण भिडेको खण्डमा आयोगले निर्णय गरी मतपत्रमा सो दलको निर्वाचन चिन्ह उल्लेख गर्नेछ ।

त्यसबाहेक भने अन्य जिल्लाका मतपत्रमा उक्त दलको निर्वाचन चिन्ह नभएमा उक्त जिल्लाका स्थानीय तह निर्वाचनमा दलको तर्फबाट उम्मेदवारी दिएमा पनि स्वतन्त्र समूहको निम्ति छुट्याइएको निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिने प्रतिबद्धतासमेत दलले व्यक्त गर्नुपर्नेछ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ८ : ४२ बजे

उम्मेदवारबारे एमाले ओखलढुंगामा किचलो, जिल्ला कार्यालयमा तालाबन्दी, अध्यक्षले हात उठाए

ओखलढुंगा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनले

सर्वोच्चद्वारा बागमती किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्नेसम्बन्धी आफ्नै फैसला उल्ट्यायो

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको

महँगो म्युजिक भिडियो खेल्यो कि दुलही !

काठमाडौं – कलाकार राजाराम पौडेलले एक समय अन्तर्वार्तामा भनेका थिए–

बीवाईडी नाम दुरुपयोग गर्ने अनधिकृत डिजिटल प्लेटफर्ममाथि साइमेक्स इंकको कानुनी पहल 

काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी