१ सय ८३ जनावरलाई फ्रिजमा राख्ने अमेरिकी पक्राउ « Khabarhub

१ सय ८३ जनावरलाई फ्रिजमा राख्ने अमेरिकी पक्राउ


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्नो फ्रिजमा कुकुर, बिरालो, चराचुरुङ्गी लगायत १ सय ८३ जनावर राखेको आरोपमा अमेरिको एरिजोना राज्यमा एकजनालाई पक्राउ गरेको छ । ४३ वर्षीय माइकल प्याट्रिक टर्ल्यान्डले केही जनावरहरूलाई जीवितै फ्रिज गरेको स्वीकार गरेको मिसौरी राज्यको कान्सास सिटी शहरबाट प्रसारण हुने केएसएचबी ४१ च्यानलको अनलाइन संस्करणले जनाएको छ ।

मोहावे काउन्टी शेरिफको कार्यालयले जनाएअनुसार उनीमाथि ९४ वटा पशु क्रूरता गरेको आरोप लगाइएको छ । घटनास्थलका तस्वीरहरू ‘पूर्ण रूपमा घृणित र हृदयविदारक भएको’ शेरिफकी प्रवक्ता अनिटा मोर्टेनसेनले बताइन् ।

‘एक पशु प्रेमीका नाताले म तिनीहरूलाई हेरेर रोइरहेको थिएँ’ उनले  भनिन् । एक महिलाले दिएको सूचनाको आधारमा उनी पक्राउ परेको जनाइएको छ । अधिकारीहरूले टर्ल्यान्डकी श्रीमती ब्रुकलायन बेकको खोजी गरिरहेका छन् ।

ती महिलाले सर्पहरू प्रजनन गर्न टर्ल्यान्डलाई दिएकी थिइन् । तर, उनी केही महिनापछि बेपत्ता भएका थिए । टर्ल्यान्ड र उनकी श्रीमती घरबाट बाहिरिएपछि घरधनीले आफूलाई सम्पर्क गरेको महिलाले प्रहरीलाई बताएकी छिन् । 

उनले जनावरलाई फ्रिजमा राख्नुको उद्देश्य प्रष्ट नभएको बताइएको छ । जनावरलाई जिउँदै फ्रिजमा राखेर उनीहरूलाई यातना दिएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ५ : ३० बजे

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर