देशभर हनुमान जन्मजयन्ती मनाइयो « Khabarhub

देशभर हनुमान जन्मजयन्ती मनाइयो


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज चैत्र शुक्ल पूर्णिमा, रामभक्त हनुमान जन्मजयन्ती आज देशभर मनाइएको छ ।

हनुमानको पूजा आराधना गरेमा बल, वुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाउने विश्वास छ ।

यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिएको छ ।

हनुमानढोका दरबारको नासलचोकनजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने परम्परा छ ।

हनुमान जयन्तीका अवसरमा विभिन्न स्थानमा शोभायात्रा पनि गरिएको छ ।

हनुमान आराधना मण्डल, मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्रलगायतले हनुमान जयन्तीका अवसरमा पूजा आराधना गरेका छन् ।

मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिएकामा यस वर्ष हनुमान जयन्ती शनिबार नै परेकाले पनि विशेष अवसर मानिएको छ ।

मङ्गलबारमै जन्मजयन्ती परेकाले आज हनुमानको आराधना गर्नु अझ राम्रो हुने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

हनुमानलाई वायुका छोरा मानिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिन्छ । शतरुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ ।

रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेको पौराणिक मान्यता छ । यसरी रामायणभन्दा पूर्वहनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ ।

रामायण नै हनुमानको बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो । वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रूपमा जन्म लिनुभएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रूपमा हनुमानले पनि जन्म लिएकाे वर्णन गरिएको छ ।

स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगतमा ठूलो प्राणी कोही छैन भन्ने व्याख्या गरिएको छ । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनी वर्णन गरिएको छ ।

हनुमानलाई बजरङ्ग बली पनि भनिन्छ किनकी हनुमानको शरीर एक वज्रको समान थियो । हनुमान पवनपुत्रको रूपमा चिनिन्छन् । किन भने पवन देव (हावाको देवता) ले हनुमानको पालन पोषणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

पाँचमुखी, अत्यन्त तेजस्वी पराक्रमी, पञ्चतत्व र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै काम पूर्ण हुन्छन् भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् ।

हनुमानको पूजा आराधना गरेमा रोग व्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ ।

हनुमानले भक्तियोग र कर्मयोगद्वारा रामको निकटता प्राप्त गरेका थिए । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिको लागि पनि पूजा गर्ने चलन छ ।

आठ प्रकारका यौगिक शक्ति अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व हनुमानमा थिए ।

हनुमानलाई परब्रह्म र रौद्ररूपमा पनि स्मरण गरिन्छ । हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ । सिन्दुरले हड्डी एवं मांशलाई सुसङ्गठित शरीर निमार्णमा भूमिका खेल्दछ ।

 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : ४७ बजे

प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव

काठमाडौं– प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव

गगनप्रति नरम देखिएका देउवाको वक्तव्यका ७ सन्देश

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

पेरिस- इरानमा प्रदर्शनकारी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि मृत्युदण्डको प्रयोग बढेको

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच