प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता सम्पन्न  « Khabarhub

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता सम्पन्न 


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच लुम्बिनीमा भेटवार्ता भएको हो । भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो ।

भेटवार्तामा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणका उपलब्धिको स्मरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आज नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनीमा शिष्टाचार भेटवार्ता गरेका थिए ।

मोदी भारतीय वायु सेनाको हेलिकप्टरमा आज बिहान लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । उनी बेलुकी ५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  २ : १७ बजे

ऊर्जाको विकासका लागि भौतिक पूर्वाधार आवश्यक : मुख्यमन्त्री शाह

काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा ऊर्जाको विकासमा सम्भावना र चुनौतीबारे सरोकारवालाहरूले चासो

सीडी रेसियो उल्लङ्घन गरेपछि नबिल बैंकमाथि ६ करोड रुपैयाँ जरिवाना

काठमाडौँ- कर्जा–निक्षेप अनुपात अर्थात् सीडी रेसियो उल्लङ्घन गरेपछि नबिल बैंक

व्यवसायीको माग सम्बोधन भएन, अब सरकारविरुद्ध आन्दोलन आवश्यक छ : उमेशलाल श्रेष्ठ

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी

जसपाकी मञ्जु शर्मा समानुपातिक सांसद निर्वाचित

काठमाडौँ- निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) की नेतृ

भोल‍िबाटै सरकार विस्तारको गृहकार्य सुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिबाटै सरकार विस्तारको गृहकार्य सुरु