शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता « Khabarhub

शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शङ्खरापुर नगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले अग्रता कायम गरेका छन् । 

श्रेष्ठले दुई हजार ३१७ मत प्राप्त गरेको नगर निर्वाचन कार्यालयले जनाएको छ । उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णलाल बजगाईँले दुई हजार २७७ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले दुई हजार २४८ मत ल्याए । नेकपा माओवादी केन्द्रका मधु (नीरज) केसीले एक हजार ८५६ मत प्राप्त गरे। जनता समाजवादी पार्टी जसपा का भुवन वाइवाले ५८ मत पाएका छन् ।

नगर उपप्रमुखमा नेपाली कांग्रेसका समिता श्रेष्ठको अग्रता छ । उनले तीन हजार ४९४ मत पाएका छन् । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका चण्डिका दङ्गालले एक हजार ७९२ मत पाएका छन् । राप्रपाका विजयकुमारी वाइवाले एक हजार ७३२ मतका साथ प्रतिस्पर्धामा छन्। एमालेका लक्ष्मी केसीले एक हजार ७२६ मतका साथ पछ्याएका छन् । 

नगरपालिकामा हालसम्म नौ हजार ६७३ मतगणना भएको नगर निर्वाचन अधिकृत सीता निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ३ : ३१ बजे

सेती प्रदेशिक अस्पतालले माग्य कर्मचारी

काठमाडौँ- धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत पाएका

बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु

काठमाडौँ- बर्दियामा बाघको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ

विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको प्राप्त गर्न

‘बीमा बजारको दिगो वृद्धिको पहिलो शर्त नै व्यावसायिक अभिकर्ता’

काठमाडौँ- सरोकारवालाहरुले बीमा बजारको दिगो वृद्धिको पहिलो शर्त भनेको व्यावसायिक