खोटेहाङमा बागी उम्मेदवार वडाध्यक्षमा विजयी  « Khabarhub

खोटेहाङमा बागी उम्मेदवार वडाध्यक्षमा विजयी 


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीमा स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर थापा विजयी भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित थापा यस निर्वाचनमा स्वतन्त्रबाट उठेर विजयी भएका हुन् ।

उनी एमालेका कृष्णबहादुर खड्कालाई ८९ मतले पछि पार्दै वडाध्यक्षमा चुनिएका हुन् । थापाले ५७३ मत र खड्काले ४८४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

 थापा दोश्रो कार्यकालका लागि वडाध्यक्षका उम्मेदवारका आकांक्षी थिए । तर कांग्रेसले सुशील उदासलाई उम्मेदवार बनाएपछि थापाले बागी उम्मेदवारी दिएका थिए । कांग्रेसका आधिकारिक उम्मेदवार उदासले १२४ मत पाएका छन् ।

उम्मेदवार छनौटमा नेतृत्वबाट गलत निर्णय भएको भन्दै कांग्रेसको वडा कार्यसमितिका सभापति गणेश खड्कासहित १२ जनाले गत १४ वैशाखमा संयुक्त विज्ञप्तिमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने घोषणा गरेका थिए ।

संकटको समयमा जितेको र संगठन बनाएको ठाउँमा टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिनुपरेको थापाले बताए । सो वडामा राप्रपाका राविज भुजेलले सात मत पाएका छन् । 

आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेको भन्दै कांग्रेसले थापालाई विधान २०१७ (संसोधन सहित) को दफा ३४ को उपदफा ४ (क)बमोजिम ५ वर्षका लागि पार्टीको साधारण सदस्यता नरहने गरी निष्कासनको घोषणा गरिसकेको छ । थापा कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् । 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ४ : १० बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने