घिरिङ गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमालेको जित | Khabarhub Khabarhub

घिरिङ गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमालेको जित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेका होमबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले चार हजार ३३१ मत पाए । सत्ता गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेद्वार बनेका कांग्रेसका गंगाराम कुमाल ७७७ मतान्तरले पराजित भए । कुमालले तीन हजार ५५४ मत पाए । 

उपाध्यक्षमा पनि एमालेकी राधादेवी अधिकारी फराकिलो मतान्तर विजयी भएकी छन् । उनले एकीकृत समाजवादीका पूर्णबहादुर थापालाई एक हजार ७३४ मतले पराजित गरिन् । अधिकारीले चार हजार ४८१  र थापाले दुई हजार ७४७ मत पाएका छन्। 

घिरिङमा शुक्रबार भएको मतदानमा ५९.४० प्रतिशत मत खसेको थियो । १४ हजार ६७६ मतदाता रहेको घिरिङ गाउँपालिकामा आठ हजार ७१७ मतदाता मतदानमा सहभागी भएका थिए। यहाँ एमाले भर्सेस कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन थियो ।

वडातर्फ १ र ५ मा कांग्रेस विजयी भएको छ । बाँकी तीन वडामा एमालेका उम्मेद्वार विजयी भए । घिरिङ गाउँपालिका–१ मा  कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा रविचन्द्र घोरासिनी एक हजार १२८ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद ढकालले ९१२ मत प्राप्त गरे ।

घिरिङ-२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका नरबहादुर थापा एक हजार १७ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी कांग्रेसका विष्णुवीर थापाले ५७ मत प्राप्त गरे ।

वडा नम्बर ३ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा तहलसिं थापाले ८४१ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका चुननारायण श्रेष्ठले ४५५ मत पाए । वडा नम्बर ४ मा पनि एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा भीमबहादुर कुमालले ८६६ मत प्राप्त गरी विजयी हुँदा निकटम् प्रतिष्पर्धी कांग्रेसका वीरबहादुर थापाले ६३६ मत प्राप्त गरे । वडा नम्बर ५ मा कांग्रेसको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा कांग्रेसका विष्णुवीर आले ८९० मत ल्याएर विजयी हुँदा एमालेका जसमान थापाले ७८७ मत पाए । अघिल्लो निर्वाचनमा पनि कांग्रेसले यिनै दुई वडा जितेको थियो । 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ५ : ५४ बजे

विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

धनुषा– हंसपुर नगरपालिका-६ सोनीगामा बस्ने ६० वर्षीय प्रदिप मण्डलको करेन्ट लागेर मृत्यु

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका-१५ रतुगाउँ बस्ने

प्रभु साहले भने- सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

रौतहट– आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु

धरानबाट दुई हजार एक सय गाँजासहित ट्रक बरामद

धरान– धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराकोशी लोकमार्गबाट सशस्त्र प्रहरीले दुई हजार

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ