म्याग्दीको मंगला गाउँपालिकामा एमाले विजयी « Khabarhub

म्याग्दीको मंगला गाउँपालिकामा एमाले विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– म्याग्दीको मंगला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ ।

 गाउँपालिकाको अध्यक्षमा भारी मतका साथ सतप्रसाद रोका विजयी भएका छन् । रोकाले कुल ३ हजार ९ सय ६८ मत प्राप्त गरी दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् । 

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वीरेन्द्र बुढाथोकीले २ हजार ८ सय ५ र नेकपा माओवादीका टेकबहादुर बिकले १ हजार ५ सय २१ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा पेमा अधिकारी सबैभन्दा धेरै ४ हजार २ सय ६१ मत लिएर विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शर्मिला थापाले २ हजार ५ सय ९५ र नेकपा माओवादीका सुकमाया रोकाले १ हजार ३ सय ७३ मत प्राप्त गरेका सहायक निर्वाचन अधिकृत मनोहर ढुंगानाले जानकारी दिए । 

उता मंगला– ५ मा पनि एमालेको प्यानल नै विजयी भएको छ । मंगलामा एमालेले पालिका अध्यक्ष, उपाध्यक्ष र १,२ र ५ गरी ३ वडा जितेको छ 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ६ : ०५ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा