ताप्लेजुङको मौवाखोलामा माओवादी केन्द्र विजयी « Khabarhub

ताप्लेजुङको मौवाखोलामा माओवादी केन्द्र विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार  राजनकुमार थक्लुङलाई ५५७ मतान्तरले पछि पार्दै माओवादी केन्द्रका विजयप्रकाश वनेमले विजय प्राप्त गरेका हुन् । 

आज सम्पन्न भएको मतगणनामा वनेमले दुई हजार ६०९ मत प्राप्त गरेर विजय भएका निर्वाचन अधिकृतको कार्यालय मैवाखोलाले जनाएको छ । दुई हजार ५२ मत ल्याएर एमालेको उम्मेदवार थक्लुङ पराजित भए । त्यस्तै दुई हजार ५१० मत प्राप्त गरेर नेपाली कांग्रेसबाट उपाध्यक्ष पदमा कमलकुमारी वनेम उपाध्यक्ष निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ  ।

मैवाखोलामा एमालेले २०४८ सालदेखि निरन्तर जित्दै आएको थियो । अघिल्लो स्थानीय तह निर्वाचनमा दलित महिला सदस्यबाहेक सबै एमालेले जितेको थियो । मैवाखोला क्षेत्र जननेता मदन भण्डारीको जन्मथलो पनि हो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ६ : ०६ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने