रुसद्वारा फ्रान्सेली कार कम्पनी रेनोलाई राष्ट्रियकरण गरेको घोषणा « Khabarhub

रुसद्वारा फ्रान्सेली कार कम्पनी रेनोलाई राष्ट्रियकरण गरेको घोषणा


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले फ्रान्सेली कार कम्पनी रेनोको रुसमा रहेका सम्पत्ति राष्ट्रियकरण गरेको छ । रुसले राजधानी मस्कोमा रहेको कारखाना र रुसमा रहेका सम्पत्तिलाई राष्ट्रियकरण गरेको हो ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता रुसले राष्ट्रियकरण गरेको रेनो पहिलो मुख्य विदेशी कम्पनी हो । रुसमा रहेका रेनो कम्पनीका सबै सम्पत्तिहरू आइन्दा राज्यको सम्पत्ति भएको जनाएको हो ।

‘रेनो समूहका रुसी सम्पत्ति रुसी संघ तथा मस्को सरकारलाई हस्तान्तरण गर्ने सम्झौतामा हस्ताक्षर गरिएको छ ।’ रुसको उद्योग तथा व्यापार मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि रेनोले रुसी कार निर्माता कम्पनी अभ्तोवाजमा रहेको आफ्नो झण्डै ६८ प्रतिशत लगानी रुसी विज्ञान प्रतिष्ठानलाई तथा रेनो रुसको शेयर मस्को शहरलाई बेच्ने जनाएको थियो ।

यसबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । यद्यपि गत अप्रिल महिनामा रेनो कम्पनी रुस सरकारलाई आफ्ना रुसी सम्पत्ति केबल एक रुबलमा बेच्ने योजनामा लागेको समाचार सार्वजनिक भएका थिए ।

सोमबार विज्ञप्ति जारी गर्दै रेनो समूहले कम्पनीको बोर्डले रुसमा रहेका सम्पत्ति मस्को शहरलाई बेच्ने र अभ्तोवाजमा रहेको कारखानाको ६७ दशमलब ६९ प्रतिशत शेयर रुसको सवारी साधन एवम् इन्जिनको अध्ययन तथा विकासबारे केन्द्रिय प्रतिष्ठानलाई बिक्री गर्ने जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ६ : ४० बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा