चितवनमा एकीकृत समाजवादीले खाता खोल्यो « Khabarhub

चितवनमा एकीकृत समाजवादीले खाता खोल्यो


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनका ९८ वटा वडामध्ये २८ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

चितवनमा नेकपा एकीकृत समाजवादीले विजयको पहिलो खाता खोलेको छ । माडी नगरपालिका–७ को अध्यक्षमा पाँच दलीय गठबन्धनबाट एकीकृत समाजवादीकी उमेदवारको विजय भएको हो ।

वडा अध्यक्ष जित्नेमा समाजवादीकी चन्द्र कुमारी बानियाँ पहिलो महिला बनेकी छन् । जिल्लामा हालसम्म सार्वजनिक भएका वडाहरूको विवरणमा कोही पनि महिलाले वडाध्यक्ष जितेका छैनन् । बानियाँले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्णु प्रसाद आचार्यलाई ३५ मतान्तरले पराजित गरेकी हुन् ।

बानियाँले ७९६ मत प्राप्त गर्दा आचार्यले ७६१ मत प्राप्त गरे । एमाले विभाजनपछि बानियाँ समाजवादीतिर लागेकी थिइन् । माडीका ९ वडामध्ये अहिलेसम्म पाँच वडाको मतपत्र गनेर सकिएको छ । अब ३, ४, ५, ८ को मतपत्र गन्न बाँकी छ ।

माडीको मेयरमा भने एमालेकी ताराकुमारी काजी महतोले निरन्तर अग्रता लिइरहेकी छन् । एमालेकी महतोलाई गठबन्धनतर्फका मेयरका उम्मेदवार माओवादी केन्द्रका ऋषि काफ्ले पछ्याइरहेका छन् ।   

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ६ : ५१ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने