देवघाटको अध्यक्षमा थापा र उपाध्यक्षमा गुरुङ विजयी « Khabarhub

देवघाटको अध्यक्षमा थापा र उपाध्यक्षमा गुरुङ विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा विजयी भएका छन् । 

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका थापा ८२० मतान्तरको साथमा विजयी भएका हुन् । योसँगै तनहुँको स्थानीय तह प्रमुखमा नेपाली कांग्रेसले खाता खोलेको छ । थापाले  चार हजार ३०६ मत प्राप्त गर्दा नेकपा एमालेका अध्यक्षका उम्मेदवार दुर्गाबहादुर थापाले तीन हजार ४८३ मत पाएका छन् । थापा अघिल्लो निर्वाचनमा विजयी भएर गाउँपालिका अध्यक्ष बनेका थिए । दोस्रो कार्यकाल दोहोरिन उनको चाहनामा सत्ता गठबन्धन बाधक बनेको छ ।

उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिंह गुरुङ निर्वाचित भएका छन् । अघिल्लो पटक माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका गुरुङ भारी तेस्रो स्थानमा थिए । कांग्रेससँग गठबन्धन गर्दै उपाध्यक्षमा उम्मेदवारी दिएका गुरुङ यसपाली भने विजयी भएका छन् । 

२५४ मतान्तरले गुरुङले एमालेकी सावित्री न्यौपानेलाई पराजित गरे । गुरुङले तीन हजार ७२१ मत पाए भने न्यौपानेले तीन हजार ४६७ मत पाइन् । न्यौपाने अघिल्लो पटक नेपाली कांग्रेसकी विमला थापासँग एक मतान्तरले पराजित भएकी थिइन् ।

देवघाट गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका मनिराज गुरुङ ८९८ मत प्राप्त गरी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मुक्तिलाल थापा मगरले ६३४ मत ल्याए । 

वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेस मीनबहादुर राना ८५८ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर थापा मगरले ६७५ मत प्राप्त गरे ।

वडा नम्बर ३ मा नेपाली कांग्रेसका टेकबहादुर आलेले ५०४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नवराज गुरुङले ३५२ मत ल्याएका थिए ।

वडा नम्बर ४ मा नेकपा एमालेका मित्रलाल गुरुङ ४१२ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमबहादुर गुरुङले ३६७ मत प्राप्त गरे।

वडा नम्बर ५ मा नेपाली कांग्रेसका पूर्णबहादुर कुँवर एक हजार ८०६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवराज पौडेलले एक हजार २१४ मत पाएका छन् । 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ७ : १९ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव