देवघाटको अध्यक्षमा थापा र उपाध्यक्षमा गुरुङ विजयी « Khabarhub

देवघाटको अध्यक्षमा थापा र उपाध्यक्षमा गुरुङ विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा विजयी भएका छन् । 

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका थापा ८२० मतान्तरको साथमा विजयी भएका हुन् । योसँगै तनहुँको स्थानीय तह प्रमुखमा नेपाली कांग्रेसले खाता खोलेको छ । थापाले  चार हजार ३०६ मत प्राप्त गर्दा नेकपा एमालेका अध्यक्षका उम्मेदवार दुर्गाबहादुर थापाले तीन हजार ४८३ मत पाएका छन् । थापा अघिल्लो निर्वाचनमा विजयी भएर गाउँपालिका अध्यक्ष बनेका थिए । दोस्रो कार्यकाल दोहोरिन उनको चाहनामा सत्ता गठबन्धन बाधक बनेको छ ।

उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिंह गुरुङ निर्वाचित भएका छन् । अघिल्लो पटक माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका गुरुङ भारी तेस्रो स्थानमा थिए । कांग्रेससँग गठबन्धन गर्दै उपाध्यक्षमा उम्मेदवारी दिएका गुरुङ यसपाली भने विजयी भएका छन् । 

२५४ मतान्तरले गुरुङले एमालेकी सावित्री न्यौपानेलाई पराजित गरे । गुरुङले तीन हजार ७२१ मत पाए भने न्यौपानेले तीन हजार ४६७ मत पाइन् । न्यौपाने अघिल्लो पटक नेपाली कांग्रेसकी विमला थापासँग एक मतान्तरले पराजित भएकी थिइन् ।

देवघाट गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका मनिराज गुरुङ ८९८ मत प्राप्त गरी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मुक्तिलाल थापा मगरले ६३४ मत ल्याए । 

वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेस मीनबहादुर राना ८५८ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर थापा मगरले ६७५ मत प्राप्त गरे ।

वडा नम्बर ३ मा नेपाली कांग्रेसका टेकबहादुर आलेले ५०४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नवराज गुरुङले ३५२ मत ल्याएका थिए ।

वडा नम्बर ४ मा नेकपा एमालेका मित्रलाल गुरुङ ४१२ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमबहादुर गुरुङले ३६७ मत प्राप्त गरे।

वडा नम्बर ५ मा नेपाली कांग्रेसका पूर्णबहादुर कुँवर एक हजार ८०६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवराज पौडेलले एक हजार २१४ मत पाएका छन् । 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ७ : १९ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ