उत्तरी गोरखाको चुमनुब्रीमा पुन: मतदान गर्न माग  « Khabarhub

उत्तरी गोरखाको चुमनुब्रीमा पुन: मतदान गर्न माग 


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सर्वदलीय बैठकले पुन: निर्वाचनको माग गरेको छ ।
सोमबार (आज) बसेको सर्वदलीय बैठकले पालिकाका केही स्थानमा स्वच्छ निर्वाचन नभएको भन्दै पुन: मतदानको माग गरेको हो । ‘नेपाली काँग्रेसले वडा नम्बर ३ जगतमा सिरिङ्गी हिमालीको बुथमा र माओवादीले वडा नम्बर २ को ल्हो आधारभुत विद्यालयको बुथमा पुन: मतदानको माग गरेको छ ।
एमालेले भने पालिकाभरिमै मतदान स्वच्छ नभएको भन्दै पालिकाभरि नै फेरि मतदानको माग गरेको एमालेबाट वडा नम्बर ३ का वडाध्यक्ष पदका उम्मेदवार चन्द्र गुरुङले बताए । सोमबार दिउँसो सर्वदलीय बैठक बसेको थियो । सर्वदलीय बैठकबाट मतगणना सुरु गर्न सहमति नजुटेपछि निर्वाचन अधिकृतले त्यहाँको अवस्थाबारे आयोगमा जानकारी पठाएको उनले बताए । ‘अधिकृतले यहाँको माग माथि पठाएको छु भन्नु भएको छ। माथिबाट जे निर्णय आउँछ त्यही गर्ने भनेर सर्वदलीय बैठक टुङ्गिएको हो’, गुरुङले भने ।
‘सर्वदलीय बैठकमा सहमति जुट्न सकेन भन्ने खबर आएपछि सर्वदलीय बैठकको निर्णय केन्द्रमा पठाउनु भनेर मैले निर्देशन दिएको हुँ। उहाँहरूले त्यही अनुसार गर्नु भएको होला। अब के गर्ने भन्ने विषयमा केन्द्रले केही निर्णय गरेर पठाउँला’, मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले भने ।
भौगोलिक विकटता र सडक सञ्जाल नजोडिएका कारण यस पालिकामा दुई दिन पैदल हिँडेर मतगणना स्थलसम्म मतपेटिका सङ्कलन गरिएको थियो । वैशाख ३० गते नै निर्वाचन सम्पन्न भएपनि मतपेटिका सङ्कलन गर्न नै आइतबार दिउँसोसम्म लागेको थियो ।
आइतबार साँझ नै सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेपनि स्थानीय दलका प्रतिनिधीहरुले पुन निर्वाचनको माग गरेपछि अहिलेसम्म मतगणना सुरु हुन सकेको  छैन।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ७ : ०९ बजे

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता

चितवन– चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ जना अझै