रसुवाको चार पालिकामा मतगणना सम्पन्न, २ मा काँग्रेस २ मा एमाले विजयी | Khabarhub Khabarhub

रसुवाको चार पालिकामा मतगणना सम्पन्न, २ मा काँग्रेस २ मा एमाले विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- रसुवाको पाँच वटा गाउँपालिका मध्ये चार वटा गाउँपालिकाको मतगणना सकिएको छ ।
जिल्लाको कालिका, उत्तरगया, गोसाईंकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाको मतगणना सकिएको हो । चार वटा गाउँपालिकाको मतगणना सकिँदा जिल्लाको कालिका र आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । भने, उत्तरगया र गोसाईंकुण्ड गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्षमा बुचुङ तामाङले १४३० मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फर्पुसिंगी तामाङले १३४५ मत पाएका छन् । उपाध्यक्षमा काँग्रेसकी चण्डिका तामाङ १३८१ मत ल्याएर निर्वाचित भइन् ।
उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी नबिना लामाले १२२३ मत प्राप्त गरिन् । २०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा बुचुङ तामाङले नै जितेका थिए । उनी अहिले पुन: अध्यक्षमा दोहोरिएका हुन् । त्यसैगरि रसुवाको कालिका गाउँपालिकाको अध्यक्षमा हरिकृष्ण देवकोटाले २ हजार ६ सय २२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले २ हजार २ सय ८३ मत पाए । नेकपा माओवादी केन्द्रका सोमबहादुर तामाङले १ हजार ५ सय २२ मत पाए ।
त्यसैगरि उपाध्यक्षमा नेपाली काँग्रेसकै मिरा लामाले २ हजार ८ सय १० मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्ट (पौडेल) ले २ हजार २ मत प्राप्त गरिन् ।  २०७४ सालमा भएको निर्वाचनमा यो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको थियो ।
गोसाईंकुण्ड गाउँपालिकाको अध्यक्षमा कैसाङ नुर्पु तामाङले २ हजार ५ सय ६३ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पेम्बा छिरिङ तामाङले २ हजार ८० मत पाए । यसैगरी उपाध्यक्षमा प्रतिमा लामाले २ हजार ५ सय ४५ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी देकी तामाङले २ हजार ८८ मत ल्याएर पराजित भइन् ।
२०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा कैसाङ नुर्पू तामाङले नै जितेका थिए । उनी अहिले पुन: दोहोरिएका हुन् । त्यसैगरि उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका माधव अर्याल २ हजार ९ सय ९९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उपेन्द्र लम्सालले २ हजार ५ सय  ६० मत पाए ।
त्यसैगरि उपाध्यक्षमा नेकपा एमालेकी चमेली गुरुङले ३ हजार १ सय ३४ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सुनितामाया गुरुङले २  हजार ४ सय ५२ मत प्राप्त गरिन् । चमेली गुरुङले २०७४ सालमा भएको निर्वाचनमा उपाध्यक्षमा जितेकी थिइन् । उनी अहिले पुन: दोहोरिएकी हुन् । नौकुण्ड गाउँपालिकामा भने मतगणनाको कार्य जारी रहेको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ७ : २२ बजे

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका-१५ रतुगाउँ बस्ने

प्रभु साहले भने- सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

रौतहट– आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु

धरानबाट दुई हजार एक सय गाँजासहित ट्रक बरामद

धरान– धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराकोशी लोकमार्गबाट सशस्त्र प्रहरीले दुई हजार

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी वृद्धि गर्ने सरकारको नीति छ’

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थानीय उत्पादनलाई प्रोत्साहन