सप्तरीका २ स्थानीय तहमा जनमतपार्टीको अग्रता « Khabarhub

सप्तरीका २ स्थानीय तहमा जनमतपार्टीको अग्रता


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- पहिलो पटक चुनाव लडेका सप्तरीका दुई पालिकामा जनमत पार्टीले अगाडि छ ।

हनुमाननगर कंकालिनी नगरपालिका र बलान बिहुल गाउँपालिकामा जनमतका उम्मेदवारले अग्रता लिएका छन् । हनुमाननगर कंकालिनीमा जनमतका मेयर उम्मेदवार वीरेन्द्र माझीले सुरुदेखि नै अग्रता लिएका छन् । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार माझीले जसपाका उम्मेदवार शैलेश साहभन्दा एक हजारभन्दा बढी भोटले अगाडि छ।

हालसम्मको मतपरिणामका माझीले ४ हजार ७ सय ९१ मत पाएका छन् । भने साहले ३ हजार ७ सय ६७ मत पाएका छन् । त्यस्तै बलान बिहुल गाउँपालिकाको अध्यक्षमा जनमतका उम्मेदवार खेमचन्द्र यादवले अग्रता लिएका छन् । पछिल्लो जानकारी अनुसार यादवले ५ सय ६१ मत पाउँदा नेकपा एमालेका अरुण गोइतले ४ सय ८२ मत पाएका छन् ।

कञ्चनरूप नगरपालिकाको अध्यक्षमा जनमतका इन्द्रदेव कगोडिया यादव दोस्रो स्थानमा छन् । पछिल्लो परिणाम अनुसार पहिलो नम्बरमा नेपाली कांग्रेसका उम्मेदवार ललनप्रसाद गुप्ताले १५ सय २८ मत ल्याएर अग्रता लिँदा जनमतका उम्मेदवार यादव १३ सय २६ मतसहित दोस्रो स्थानमा छन् ।

 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ७ : ४५ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा