सप्तरीका २ स्थानीय तहमा जनमतपार्टीको अग्रता « Khabarhub

सप्तरीका २ स्थानीय तहमा जनमतपार्टीको अग्रता


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- पहिलो पटक चुनाव लडेका सप्तरीका दुई पालिकामा जनमत पार्टीले अगाडि छ ।

हनुमाननगर कंकालिनी नगरपालिका र बलान बिहुल गाउँपालिकामा जनमतका उम्मेदवारले अग्रता लिएका छन् । हनुमाननगर कंकालिनीमा जनमतका मेयर उम्मेदवार वीरेन्द्र माझीले सुरुदेखि नै अग्रता लिएका छन् । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार माझीले जसपाका उम्मेदवार शैलेश साहभन्दा एक हजारभन्दा बढी भोटले अगाडि छ।

हालसम्मको मतपरिणामका माझीले ४ हजार ७ सय ९१ मत पाएका छन् । भने साहले ३ हजार ७ सय ६७ मत पाएका छन् । त्यस्तै बलान बिहुल गाउँपालिकाको अध्यक्षमा जनमतका उम्मेदवार खेमचन्द्र यादवले अग्रता लिएका छन् । पछिल्लो जानकारी अनुसार यादवले ५ सय ६१ मत पाउँदा नेकपा एमालेका अरुण गोइतले ४ सय ८२ मत पाएका छन् ।

कञ्चनरूप नगरपालिकाको अध्यक्षमा जनमतका इन्द्रदेव कगोडिया यादव दोस्रो स्थानमा छन् । पछिल्लो परिणाम अनुसार पहिलो नम्बरमा नेपाली कांग्रेसका उम्मेदवार ललनप्रसाद गुप्ताले १५ सय २८ मत ल्याएर अग्रता लिँदा जनमतका उम्मेदवार यादव १३ सय २६ मतसहित दोस्रो स्थानमा छन् ।

 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ७ : ४५ बजे

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ