सुर्नयाको अध्यक्षमा एमालेका कुंवर र उपाध्यक्षमा कांग्रेसका बोहरा « Khabarhub

सुर्नयाको अध्यक्षमा एमालेका कुंवर र उपाध्यक्षमा कांग्रेसका बोहरा


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको सुर्नया गाउँपालिका अध्यक्षमा नेकपा एमालेका अम्मर कुवर विजयी भएका छन् ।

कुवरले नेकपा (एकीकृत समाजवादी)का नरेन्द्र बिष्टलाई २५ मतले पराजित गर्दै विजय हासिल गरेका हुन् । उपाध्यक्षमा भने, नेपाली कांग्रेसका मञ्जु बोहरा विजयी भएकी छन् । बोहराले राप्रपाका देव बहादुर चन्द तथा माओवादी केन्द्रलाई पराजित गर्दै विजय हासिल गरेकी हुन् ।

सुर्नयाका वडाहरुमा भने, मिश्रित परिणाम आएको छ । वडा न.१मा एमालेका धन बहादुर चन्द विजयी हुँदा, वडा न.२ का राप्रपाका गणेश बिष्ट विजयी भएका छन् । वडा न.३मा कांग्रेसका सम्भु भट्ट विजय हुँदा वडा न.४ का कांग्रेसकै प्रताप महरा विजयी भएका हुन् । वडा न.६ मा एमालेका मदन अवस्थी विजय भएका छन् । वडा न.७ मा कांग्रेसका भक्त बहादुर कुवर र वडा न.८मा कांग्रेसकै भानबहादुर चन्दले जित हासिल गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ७ : ५८ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा