हेटौंडामा एमालेसँग अग्रता बढाउँदै गठबन्धन, राप्रपा सँगसँगै « Khabarhub

हेटौंडामा एमालेसँग अग्रता बढाउँदै गठबन्धन, राप्रपा सँगसँगै


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरूले अग्रता बढाउँदै गएका छन् । हेटौंडाको १६ हजार ५०० मत गणना गरिसक्दा मेयरमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएकी मीना कुमारी लामाले ५ हजार १५५ मत प्राप्त गरेकी छिन् ।

उनका निकटतम प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ५ हजार १४ मत प्राप्त गर्दै लामालाई पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेल भने गठबन्धन भन्दा पछाडि पर्न थालेका छन् । पौडेलले ४ हजार ३८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा संघर्षरत रहेका छन् ।

त्यसैगरी उपमेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ ७ हजार ४०८ मतका साथ अग्रता लिइरहेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले ५ हजार ३१५ मतका साथ दोस्रो स्थानमा रहेकी छिन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ७ : ५३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार