फेदीखोलामा एमाले विजयी « Khabarhub

फेदीखोलामा एमाले विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का घनश्याम सुवेदी विजयी भएका छन् ।
उनले नेपाली काँग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित भएका सुवेदीले तीन हजार ८३६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका लक्ष्मीप्रसाद बरालले तीन हजार ७०४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ विजयी भएका छन् । उनले माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई एक हजार ५९९ मतले पछाडि पार्दै उपाध्यक्षमा विजयी भएका हुन् ।
एमालेकी देउकुमारी गुरुङले तीन हजार ९७८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद सुवेदीले दुई हजार ३७९ मत प्राप्त गरेका छन्। फेदीखोला गाउँपालिकामा १२ हजार १६५ जना मतदाता रहेकोमा आठ हजार १३९ जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा विजयी भएका सुवेदी यसपटक पुन: गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ८ : २८ बजे

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ– माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं– नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा