सर्लाहीको बागमती-३ मा माओवादी प्यानलसहित विजयी « Khabarhub

सर्लाहीको बागमती-३ मा माओवादी प्यानलसहित विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीको बागमती नगरपालिका-३, मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्यानलसहित विजयी भएका छन् । निवर्तमान वडाध्यक्ष समेत रहेका माओवादी केन्द्रका उम्मेदवार तिलक मोक्तानले विजयी हुँदै कार्यकाल दोहोर्‍याएका हुन् ।

मोक्तानले ११३७ मत प्राप्त गरे । यस्तै उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिरालाल स्यांतानले ६९० मत प्राप्त गरी पराजित भए । यो सँगै बागमती नगरपालिकाको १, २ र ३ गरी तिन वटा वडामा माओवादी केन्द्रमा उम्मेदवार विजयी भई सकेका छन् ।

यस्तै नगरको मेयर र उपमेयर पदमा भने, यो समाचार तयार गर्दा सम्म दोब्बर मतान्तरले माओवादी केन्द्रका उम्मेदवार भरत कुमार थापा र लिला कुमारी मोक्तान अगाडि देखिएका छन् । निवर्तमान मेयर समेत रहेका थापाले ३९२९ मत प्राप्त गरेका छन् भने निवर्तमान उपमेयर समेत रहेकी मोक्तानले ३७६३ मत प्राप्त गरेकी छिन् ।

यस्तै निकटतम प्रतिस्पर्धी नेकपा एमालेबाट मेयरका उम्मेदवार टंक बहादुर बस्नेत (गोकुल)ले २२१० र उपमेयरको उम्मेदवार सरिता घिसिङले २६१५ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ९ : ५० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार