अघिल्लो चुनावमा एमालेले ‘क्लिनस्विप’ गरेको पाख्रिबासमा कांग्रेस‍ विजयी « Khabarhub

अघिल्लो चुनावमा एमालेले ‘क्लिनस्विप’ गरेको पाख्रिबासमा कांग्रेस‍ विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले क्लिनस्विप गरेको धनकुटाको पाख्रिवास नगरपालिकामा नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङ ५ हजार ४ सय ९८ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार भीमबहादुर राईलाई ४ सय ४५ मतान्तरले पराजित गरेका हुन् ।

पराजित राईले ५ हजार ५३ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकी नम्रता देउजाले ५ हजार ६२ पाएर विजयी भएकी छिन् । उनले गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार ओमप्रकाश निरौलाले ४ सय २१ ले पराजित गरेकी हुन् ।

निरौलाले ४ हजार ६ सय ४१ मत पाएका छन् । गाउँपालिकाका १० वटै वडाको मत गणना सम्पन्न भएको छ ।

मत परिणामअनुसार वडा नं. २, ३, ७, ९ र १० मा एमालेका उम्मेदवार विजयी भएका छन् । त्यस्तै वडा नं. १, ४, ५, ६ र ८ मा गठबन्धनका उम्मेदवार विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ११ : ४९ बजे

बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग

हेटौँडा– मकवानपुरको कैलाश गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम