निहारिकालाई न्याय दिलाउन माग | Khabarhub Khabarhub

निहारिकालाई न्याय दिलाउन माग


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाका सांसदहरूले न्यायको माग गरी संघीय राजधानीमा अनशनरत निहारिका राजपुतलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले निहारिका र उनको बच्चाको संरक्षण गरी घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।

बैठकमा सांसद मृगेन्द्रसिंह यादवले मधेसी महिला नेहारिका राजपूत न्यायको खोजीमा भौँतारिएको जनाउँदै उनीको माग सम्बोधन गर्न सरकारको ध्यान जाओस् ।

सांसद बिमला घिमिरेले बलात्कार पीडित भनिएकी युवती नेहारिका न्यायका लागि आफ्ना  बालक सहित राजधानीमा अनसन बस्दा पनि उनीको माग सुनुवाइ नहुनु दुःखद भएको जनाउँदै सो घटनाका विषयमा छानबिन गर्न समिति गठन माग गरे।

सांसद तुलसाकुमारी दाहालले मानवीय सेवामा तल्लीन रेडक्रस सोसाइटीलाई सरकारले हस्तक्षेप गर्न नहुने बताए। सांसद भगवती न्यौपानेले चितवनमा हात्तीले आतङ्क मच्चाएको तर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद मायाप्रसाद शर्माले  रोपाइँ गर्ने  समयमा किसानले किन रासायनिक मल पाएनन् भनी प्रश्न गरे। सांसद सारदादेबी भट्टले वर्षा सुरु भएपछि बाढी पहिरोले धनजनको क्षति पुर्‍याउन सुरु भएकाले यसको न्यूनीकरणका लागि समयमै सरकारको ध्यान जाओस् बताइन्।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ३ : ०२ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।