रनवीरको फिल्ममा शाहरुख र दीपिका पनि  « Khabarhub

रनवीरको फिल्ममा शाहरुख र दीपिका पनि 


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रनवीर कपूर र आलिया भट्ट अभिनीत फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक भएसँगै चर्चा बढ्दो छ । आयन मुखर्जीद्वारा निर्देशित यो फिल्म सन् २०२२ को प्रतीक्षित मध्येको एक हो । फिल्मको पहिलो भागलाई ‘शिव’ भनिएको छ । सत्य असत्य, आशा र निराशाबीचको लडाइँ देखाइएको फिल्ममा भारतीय इतिहासलाई आधुनिकतासँग जोडेर  ‘फेन्टासी’ कथावस्तु चित्रण गरिएको छ । 

फिल्ममा शाहरुख खान र दीपिका पादुकोण पनि देखिनेछन् । यी दुई स्टारको फिल्ममा केमियो रहेको छ । शाहरुखले यसअगाडि पनि करण जोहरको फिल्म ‘ए दिल है मुस्किल मा केमियो गरेका थिए । उनले पुनः एकपटक रनवीरसँग स्क्रिन सेयर गरेका हुन् । यस्तै फिल्ममा दीपिकाले रनवीरसँग स्क्रिन सेयर गरेकी छिन् । ‘तमाशा’ पश्चात उनी पुनः रनवीरसँग एकसाथ देखिनेछिन् । करणको आग्रहमा शाहरुख र दीपिकाले केमियो गर्न सहमति दिएका थिए । त्यस्तो त दीपिकाको सम्बन्ध निर्देशक आयानसँग पनि उत्तिकै सुमधुर छ ।

फिल्ममा रनवीरले शिवको भूमिका निर्वाह गरेका छन् । उनी फिल्ममा अग्नि अस्त्र बनेका छन् । उनले आफ्नो क्षमता बुझ्ने र आफू झैँ अस्त्रहरूको समीपमा पुग्ने कथालाई पहिलो भागमा निर्देशक मुखर्जीले समेटेका छन् । फिल्ममा आलियाले इशाको भूमिका निर्वाह गरेकी छिन् । शिव अर्थात रनवीरको प्रेम इशा अर्थात आलियासँग बस्छ । 

उनीहरूको प्रेमसँगै शिवको अस्त्रहरूको सम्मिश्रणराक्षसहरूको लडाइँलाई फिल्ममा चित्रण गरिएको छ । निर्देशक मुखर्जीले एस्ट्राभर्स नामक सिनेम्याटिक युनिभर्सको निर्माण गर्ने योजना अनुसार ‘ब्रह्मास्त्र’ आउने बताए । तीन भागमा बन्ने फिल्मको अन्य दुई भाग पनि आउने छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ३ : १० बजे

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।

कूटनीतिमा युवा अनुसन्धानकर्ताको भूमिका महत्त्वपूर्ण छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान