यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय | Khabarhub Khabarhub

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सरकारले बेलायतसँगको श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको दुई पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको बताए।

त्यस्तै सरकारले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (करिब ३६ करोड ६२ लाख बराबर ) को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

त्यस्तै सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ।

प्रवक्ता कार्कीले सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाको राजीनामा पनि स्वीकृत गरेको जानकारी दिए।

यस्तै मन्त्री कार्कीले सरकारले एसिया प्यासिफिक ग्रुप अफ मनि लर्निङ (एपीजी) को मिति २०७९ साउन ८ देखि १२ गतेसम्म मेलेसियामा आयोजना हुने वार्षिक साधारण सभामा सहभागिताको लागि सचिवद्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको बताए।

मिलिनियम च्यालेन्ज अकाउण्ट नेपाललाई रातमाटे सवस्टेशन निर्माणका लागि नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ।

यस्तै मिति २०७९ असार ११ र १२ गते स्वीट्जरल्याण्डमा आयोजना हुने नाइन्टी सेकेण्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेशनल सेटलमेण्ट विषय कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृत दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए।

सरकारले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता कार्कीका अनुसार २०७९ असार ६ गतेदेखि १३ गतेसम्म थाइल्याण्ड र भियतनाममा हुने नलेज सेयरिङ वर्कशप अन इन्क्लूसिप फाइनान्सिङ अप्सन फर एमएस एमीअसकोअप्रेटिभ विषयक कार्यक्रममा सहभागी हुन सचिव अर्जुनप्रसाद पोखरेललाई स्वीकृत दिने भएको छ।

यस्तै २०७९ असार ६ मा भर्चुअल माध्यमबाट हुने नेपाल–भुटान दुईपक्षीय व्यापार वार्तामा नेपालको तर्फबाट भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ।

नेपालका लागि अष्ट्रियाका अवैतनिक वाणिज्य दूत श्री राजेशबाबु श्रेष्ठलाई अष्ट्रिया सरकारबाट प्रदान गरिने डेकोरेशन अफ अनर इन स्लिभर र द ब्रिगेड अफ गोर्खाजका भूतपूर्व सैनिकहरु धर्मराज तामाङ,

वीरबहादुर थापालाई बेलायती महारानीबाट प्रदान गरिने ब्रिटिश इम्पायर मेडल पदक ग्रहण गर्न स्वीकृत दिने पनि निर्णय भएको छ।

प्रवक्ता कार्कीले सरकारले नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यहरु मध्येबाट प्रा. सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा तीन महिनाको लागि एक तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ।

प्रवक्ता कार्कीले सरकारले दक्षिण कोरियाको सिओलमा मिति २०७९ असार ९ देखि १२ गतेसम्म आयोजना हुने द वर्ल्ड टुरिजम इण्डस्ट्री कन्फ्रेन्स २०२२ र द थर्टीसेभेन्थ सिओल इन्टरनेशनल टुरिजम फेयरमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई स्वीकृत दिने निर्णय गरेको छ।

यसैगरी तारागाउँ विकास समितिको अध्यक्षमा सुरेश साह जोशी र सदस्यसचिवमा महेन्द्रकुमार थापालाई नियुक्त गर्ने निर्णय पनि भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ३ : ३८ बजे

भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित, म्याक्सवेलको शतक

काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलियाले भारतविरुद्ध रोमाञ्चक

बागमती र पशुपति क्षेत्रलाई स्वच्छ बनाउन छलफल

काठमाडौं – शिवपुरीदेखि बग्दै आएको बागमती नदी र नदी तटमा

उत्तराखण्डको सुरुङमा १७ दिनदेखि फसेका ४१ मजदुरको सकुशल उद्धार

उत्तराखण्ड – विगत १७ दिनदेखि भारतको उत्तरकाशी सुरुङमा फसेका ४१

कानुनमा साना उद्योग प्रवर्द्धनको व्यवस्था गर्न माग

काठमाडौं– लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्न औद्योगिक व्यवसाय

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा

कास्की – पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’