मुद्रास्फीति ४० वर्ष यताकै उच्च भएपछि बेलायती केन्द्रीय बैंकले ब्याजदर बढायो | Khabarhub Khabarhub

मुद्रास्फीति ४० वर्ष यताकै उच्च भएपछि बेलायती केन्द्रीय बैंकले ब्याजदर बढायो


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतको केन्द्रीय बैंकले ब्याजदर बढाएको छ । बैंक अफ इङ्ल्याण्डले ब्याजदर बढाएर १ दशमलब २५ प्रतिशत पु¥याएको हो । यो ब्याजदर १३ वर्षयता कै उच्च रहेको बीबीसीले जनाएको छ ।

यसअघि बेलायतको ब्याजदर १ प्रतिशत थियो । बैंक मौद्रिक नीति समितिको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । बैठकमा समितिका ९ सदस्यमध्ये ६ सदस्यले ब्याजदर बढाएर १.२५ प्रतिशत पुर्‍याउनुपर्ने जनाएका थिए भने बाँकी तीन सदस्यले ब्याजदर त्यो भन्दा बढि १.५ प्रतिशत पुर्‍याउनुपर्ने जनाएका थिए ।

मुलुकमा बढ्दो मूल्यवृद्धि र मुद्रास्फीतिलाई मध्यनजर गर्दै बैंक अफ इङल्याण्डले ब्याजदर बढाएको हो । बेलायतमा मुद्रास्फीतिको दर ९ प्रतिशत पुगेको छ ।

यो ४० वर्षयताकै उच्च हो । बेलायती केन्द्रीय बैंकले यो ११ प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ । अक्टोबर महिनामा मूल्यवृद्धि अझ बढ्ने बैंकको प्रक्षेपण छ ।

यसबाहेक बैंकले अप्रिल देखि जुन महिनामा मुलुकको अर्थतन्त्र शून्य दशमलब ३ प्रतिशतले संकुचन हुने देखिएको समेत जनाएको छ ।

बीबीसीका अनुसार बेलायती अर्थमन्त्री ऋषि सुनकलाई पत्र लेख्दै बैंकका गभर्नर एन्ड्रिउ बेलीले ऊर्जा एवम् कृषिजन्य उत्पादनमा भएको मूल्यवृद्धिका कारण मुद्रास्फीतिको अवस्था आएको र युक्रेनमा जारी रुसी आक्रमणका कारण अवस्था अझ खराब बनेको जनाएका छन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ५ : २० बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।