तिब्बतको ल्हासास्थित महावाणिज्यदूतावासबाट विद्युतीय राहदानी सेवा सुरु « Khabarhub

तिब्बतको ल्हासास्थित महावाणिज्यदूतावासबाट विद्युतीय राहदानी सेवा सुरु


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले आजदेखि विद्युतीय राहदानी सेवा सुरु गरेको छ ।

नियोगमा विद्युतीय राहदानी आवेदन दिएका एक नेपाली नागरिकको आवेदन प्रमाणीकरण, ‘लाइभ इन्रोलमेन्ट’ र ‘भेलिडेसन’ को कार्य पूरा गरी छपाइका लागि राहदानी विभाग पठाइएको एक कार्यक्रममा महावाणिज्यदूत नवराज ढकालले जानकारी र्दिए ।

सो अवसरमा ढकालले विद्युतीय राहदानीका विशेषताका बारेमा जानकारी दिँदै सहज र सुलभ ढङ्गबाट विद्युतीय राहदानीसम्बन्धी सेवा प्रदान गर्न महावाणिज्यदूतावास कटिबद्ध रहेको बताए ।

कार्यक्रममा नियोगका सम्पूर्ण कर्मचारी तथा ल्हासामा रहेका नेपालीको उपस्थिति थियो । नियोगले प्रत्येक दिन ३० वटासम्म आवेदन लिनसक्ने व्यवस्था मिलाएको छ । राहदानी आवेदन फाराम अनलाइन भर्न नसक्ने सेवाग्राहीको आवेदन नियोगबाटै निःशुल्क भर्ने व्यवस्था मिलाइएको पनि महावाणिज्यदूत ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ८ : १९ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार