इंग्ल्याण्ड क्रिकेटको कप्तानमा बटलरलाई रातो बत्ती ! | Khabarhub Khabarhub

इंग्ल्याण्ड क्रिकेटको कप्तानमा बटलरलाई रातो बत्ती !

विश्वकपको मुखमा नयाँ कप्तानकै प्रदर्शनमा प्रश्न



संसारमा सबैभन्दा पहिले क्रिकेट खेल्ने देशको नेतृत्व इंग्ल्याण्डले गर्छ। यति भन्दा संसारको पहिलो शासकीय देशका रुपमा इंग्ल्याण्डले आफूलाई सदैव गर्व गर्छ। जुन कुरा उसको देशको खेलकुदले पनि नेतृत्व गर्छ। जसमा सबैभन्दा माथिल्लो स्तरको खेलका रुपमा पनि इंग्ल्याण्डले क्रिकेटलाई लिन्छ।

पछिल्लो पुस्ताका महान् क्रिकेटरमा गनिएका एलिस्टर कुक र इयोन मोर्गनको सन्यासपछि भने इंग्ल्याण्डको क्रिकेट गति सुस्त बनेको छ।

यसक्रममा टेस्टतर्फ जोय रुटले कप्तानी छाडेपछि बेन स्टोक्सले लय समातिसकेका छन्। पछिल्लोपटक न्युजिल्याण्ड र भारतलाई हराएर उनले आफ्नो रेड बल कप्तानी प्रमाणित गरिसकेका छन्।

तर, ह्वाइट बल क्रिकेट अर्थात् एकदिवसीय र टी-ट्वान्टी क्रिकेट टिमको कप्तानीमा इंग्ल्याण्डले जोश बटलरमा रातो बत्ती पाएको छ। उनले कप्तानी सम्हालेपछि भारतसँगको एकदिवसीय र टी-ट्वान्टी क्रिकेट श्रृङ्खलामा लज्जास्पद हार व्यहोरेपछि बटलरको कप्तानी इनिङमा रातो बत्ती बलेको हो।

भारतसँगको दोस्रो एकदिवसीयमा जित निकालेपछि बटलरमा केही राहत महसुस भएको हुनुपर्छ। तर, यो खेलले बटलरको कप्तानीमाथि पूर्ण रुपमा भरोसा गर्नुपर्ने हो वा होइन भनेर इंग्ल्याण्ड क्रिकेट बोर्डमाथि प्रश्न तेर्सिएको छ।

इंग्ल्याण्डले एकदिवसीय जित्दाको नायकमा बेन स्टोक्स र बटलर थिए। स्टोक्स टेस्ट टिमको कप्तान नियुक्त हुँदा बटलरलाई न्याय गर्न ह्वाइट बल क्रिकेटको कप्तानी दिइएको थियो।

त्यसअघि थुप्रै प्रतियोगितामा उनले आफूलाई अब्बल रुपमा प्रमाणित गरेका छन्। आईपीएल २०२२ मा पनि बटलरको धुँवाधार ब्याटिङ चल्यो। राजस्थानलाई फाइनलसम्म पुर्याउनका लागि उनले अब्बल ब्याटिङ गरे। सिजनभर उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक रन जोडेका उनले ‘ओरेन्ज क्याप’ जिते।

केही समयअघि इंग्ल्याण्डले नेदरल्याण्ड्ससँग एकदिवसीय खेल्यो। विश्वको क्रिकेट पावर हाउस इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई जित्न दिने थिएन। तर, यसरी रन बटुल्यो। जसले नयाँ कीर्तिमान रच्यो। सो खेलमा बटलरले १ सय ६२ रन जोडे। जुन उनले आईपीएलकै फर्मको निरन्तरता दिए।

आईपीएलमा उनले यस वर्ष सर्वाधिक चार शतक बनाएका थिए। यो पनि उनका लागि विशेष सफलता थियो। जसले विराट कोहलीको सर्वाधिक शतकको कीर्तिमानीसँग बराबरी गरिदियो।

इंग्ल्याण्डले नयाँ कीर्तिमान बनाएको खेलमा पनि बटलरकै ब्याटिङ चलेको हो। इङ्ल्याण्डले ४९८ रन बनाउँदै एकदिवसीयमा अहिलेसम्मकै सर्वाधिक रन बनाएको हो। यो इनिङले उनलाई इंग्ल्याण्डको ह्वाइट बल क्रिकेटको कप्तानी छान्न बोर्डलाई सहज भएको हो।

भारतविरुद्ध पूर्ण रुपमा असफल

बटलर विष्फोटक ब्याट्सम्यान हुन्। त्यसका साथै उनी विकेटकिपर र भरोसा गर्न लायक फिनिशर पनि हुन्। तर, उनको ब्याट पछिल्लो समय चलेको छैन। उनको कप्तानीमा टिमको ब्याटिङ नै चल्न सकेको छैन। त्यो पनि भारतविरुद्ध।

उनको परीक्षाको घडी चलेका बेला भारतविरुद्धको सुरुवाती खेलमा उनी पूर्ण रुपमा असफल देखिएका छन्।

भारतविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा बटलरले आफ्नो कप्तानीको यात्रा सुरुवात गरे पनि त्यो असफल सावित रह्यो। बटलर पहिलो टी-ट्वान्टी खेलमा डकआउट भए।

दोस्रो खेलमा केवल ४ रनमै आउट भए। सिरिज गुमाए पनि उनले तेस्रो खेलमा राहत पाए। त्यो पनि जम्मा १८ रन बनाएर। आईपीएलमा चार शतक प्रहार गरेका उनी आफ्नै घरेलु मैदानमा खराब ब्याटिङबाट गुज्रनुपरेको तथ्य देखिएकै छ।

यसपश्चात भएको पहिलो एकदिवसीय सिरिजमा पनि बटलरले केवल ३० रन बनाउन सफल भए। दोस्रो एकदिवसीय खेलमा फेरि ४ रनको मात्र योगदान गरे। बटलर जस्तो विष्फोटक ब्याट्सम्यानको यस्तो प्रदर्शनले उनी कप्तान बनेपछि बढी दबाबमा परेका हुन् कि ? भन्ने भान परेको छ। स्वतन्त्र रुपमा खेल्न रुचाउने उनी कप्तानी इनिङमा भने रातो बत्ती झेलिरहेका छन्।

कप्तानी थेग्ने कि छाड्ने ?
मोर्गनले विश्वकप जिताएर सन्यास लिएपछि इंग्ल्याण्डको राष्ट्रिय क्रिकेट टिम केही सोचमग्न छ। पहिलो प्रयासमा बटलरलाई जिम्मेवारी दिँदा उनी खरो रुपमा सफल देखिएका छैनन्।

बटलर शान्त छन्। उनको रणनीति लागू भएको देखिँदैन। त्यसमाथि उनी राम्रो रणनीतिकार हुन भन्नेमा पनि शंका छ। उनी आफू इमान्दार रुपमा खेल्छन्। त्यहीलाई सत्यलाई मात्रै पछ्याउँदा इंग्लिस बोर्डलाई झन् तनाव थपिन सक्छ।

त्यसैले उनको फर्म र टिमको सफलतामा बटलरको कप्तानी भविष्य निर्भर छ। भारतविरुद्धको टी-ट्वान्टी सिरिजअन्तर्गत इङ्ल्याण्ड पहिलो खेलमा ५० रनले पराजित भयो। दोस्रोमा इङ्ल्याण्ड ४९ रनले पराजित भयो। तेस्रो खेलमा मात्र इङ्ल्याण्ड १७ रनले विजयी भएको थियो।

एकदिवसीय सिरिजअन्तर्गतको पहिलो खेलमा पनि इङ्ल्याण्ड १० विकेटले पराजित भयो। तर दोस्रो एकदिवसीय खेलमा इङ्ल्याण्डले १०० रनले भारतलाई पराजित गर्यो। सो खेलमा इङ्ल्याण्डले जित निकाले पनि खेलाडीहरुको प्रदर्शन भने औषत मात्र रह्यो।

यसले बटलरको कप्तानीमाथि धेरै प्रश्न तेर्सिएको छ। टिमको प्रदर्शन बिग्रनुमा त्यसको सिधा असर कप्तानीमा पुग्छ। व्यक्तिगत फर्मभन्दा बढी कप्तानको रणनीतिमा खेल जित्ने वा हार्ने तय हुन्छ। यसमा बलटर खरो रुपमा उत्रिन सकेका छैनन्। यसले उनलाई अब कप्तानी छाड्ने कि अझै थेग्ने भन्ने प्रश्न पनि उठेको छ।

ब्याटरमा बटलरको शानदार प्रदर्शन
सन् २०१५ को विश्वकप क्रिकेटमा इङ्ल्याण्ड समूह चरणबाट बाहिरिँदा पनि बटलरको योगदान उल्लेखनीय नै थियो। चार वर्षपश्चात गृह मैदानमा भएको फाइनलमा न्यूजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इङ्ल्याण्डले उपाधि जित्यो। सो जितमा बटलरको ब्याट र क्याच दुवैले उत्कृष्ट योगदान गरेको थियो।

सन् २०१४ देखि इङ्ल्याण्डका लागि बटलरले छोटो समयमा नै तीन एकदिवसीय शतक प्रहार गर्न सफल भए। करिब १८ महिनको अवधिमा बटलरले ३ एकदिवसीय शतक पुरा गरे। सन् २०१४ मा लड्र्समा भएको श्रीलंकाविरुद्धको खेलमा बटलरले ७४ बलमा ११ चौका र ४ छक्का प्रहार गर्दै १ सय २१ रन जोडे।

सन् २०१५ मा न्यूजिल्याण्डविरुद्धको खेलमा बटलरले ७७ बलमा १३ चौका र ५ छक्का प्रहार गर्दै १ सय २९ रन बनाए। साथै सन् २०१५ मा पाकिस्तानविरुद्धको खेलमा केवल ५२ बलमा १० चौका र ८ छक्का प्रहार गर्दै बटलरले १ सय १६ रन जोडे।

सन् २०१६ मा मुम्बई इण्डियन्सका लागि आईपीएलमा डेब्यू गरेका बटलरले आफूलाई भरपर्दो फिनिसरका रुपमा पनि स्थापित गरे। यसपश्चात सन् २०१८ मा बटलरलाई पुन टेस्ट टोलीमा पनि आबद्ध गरियो।

बटलरले कप्तानको जिम्मेवारी लिएसँगै आफ्नो र इङ्ल्याण्ड टोलीको प्रदर्शनीमा आएको आक्रोश पातालको फरकलाई राम्रैसँग नियालेका छन्। कप्तानीको सुरुवाती दिनहरुमा नै प्रदर्शनीलाई लिएर पाएको चर्को अलोचनाको उत्तर बटलरले विष्फोटक ब्याटिङ र खेलको जितबाट दिनुपर्नेछ।

होइन भने कप्तानी दबाब झेल्न नसकेरै बटलरले जिम्मेवारी छाड्नुपर्नेछ। टी-ट्वान्टी विश्वकप अगाडि इंग्ल्याण्डको क्रिकेट टिमको कप्तानीमा बटलरलाई रातो बत्ती बल्नु राम्रो संकेत होइन।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ९ : ३३ बजे

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस