भारतमा प्रचण्डको राजनीतिक भेटवार्ता सुरु | Khabarhub Khabarhub

भारतमा प्रचण्डको राजनीतिक भेटवार्ता सुरु


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तीन दिने भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय भेटवार्ता सुरु गर्दैछन्।

आज भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग पनि आजै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री मोदीसँग भने भोलि बिहान शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

नयाँ दिल्ली पुगेका प्रचण्डलाई इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका थिए ।

शुक्रबार भारत गएका प्रचण्ड आइतबार स्वदेश फर्कने तालिका छ । शुक्रबार भारत भ्रमणमा जानुअघि विमानस्थलमा सञ्चारकर्मीसँग उनले लगत्तै आफू चीन भ्रमणमा जाने पनि बताएका छन् ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ७ : ३५ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

आज २०८२ साल भदौ २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी