ठमेलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु | Khabarhub Khabarhub

ठमेलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बङ्गलादेशका वरिष्ठ कलाकार एसएम सुल्तानको स्मृतिमा तीनदिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ। एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जिपी कोइराला फाउण्डेशन आर्ट एण्ड कल्चर डिपार्टमेन्टको सहकार्यमा मिथिला येँ आर्ट ग्यालरी ठमेलमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीमा नेपाल, बङ्गलादेश, भारत, थाइल्याण्ड, जिम्बाबे, अमेरिका, बुल्गेरिया, रसिया, मलेसिया, टर्की र श्रीलङ्काका कलाकारका चित्र प्रदर्शनीमा राखिएका छन् ।

उक्त प्रदर्शनको शुभारम्भ गर्दै वरिष्ठ कलाकार ज्ञानेन्द्रमान अमात्यले विश्वका सबै कलाको आ–आफ्नो विशेषता रहेको बताउँदै यस्ता कला प्रदर्शनीले अन्तर्राष्ट्रियस्तरमा नेपाली कलालाई जोडेको बताए।

नेपालका लागि बङ्गालदेशका राजदूत सलाउद्दीन नोमन चौधरीले संस्कृति र प्रकृतिले सुन्दर नेपालमा कला प्रदर्शन गर्नु बङ्गलादेशी कलाकारका लागि खुसीको कुरा भएको बताए। उनले आगामी दिनमा पनि यस्ता कला प्रदर्शनीलाई निरन्तरता दिइने प्रतिबद्दता जनाएका छन्।

बङ्गलादेशका वरिष्ठ कलाकार मलायकुमार कुन्दु तथा लेखक तीर्थ निरौलालगायतले नेपाल र बङ्गलादेशको सांस्कृतिक सम्बन्धलाई कलाले जोडेको दाबी गरे । जिपी कोइराला फाउण्डेशन आर्ट एण्ड कल्चरका संयोजक रामसुन्दर यादवले फाउण्डेशनले संसारभरका कलाकारलाई जोड्ने काम गर्दै आएको बताए।

उनले १७ वर्षदेखि सञ्चालनमा रहेको मिथिला येँ आर्ट ग्यालरीमा हालसम्म ३०० भन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकेको बताए। तीन वर्षदेखि फाउण्डेशनको सहकार्यमा कला प्रदर्शन गर्दै आएको उनको भनाइ छ । बङ्गलादेशका ३५, भारतका १९, नेपालका दुई र विभिन्न देशका गरी ६९ कलाकाका चित्र प्रदर्शनमा राखिएका छन् ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ९ : ५३ बजे

सन्दीपको मुद्दा प्रकरण : बहस सकिएपछि होटलको सीसीटीभी फुटेज हेर्दै न्यायाधीश

काठमाडौं –क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ

डढेलोका कारण पश्चिमी क्यानाडामा छ हजारभन्दा बढी विस्थापित

काठमाडौं– क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा भीषण डढेलोका कारण छ हजार

सहकारी प्रकरणमा छानविन समितिको मागसहित तरुण दलको र्‍याली 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुल दलले सहकारी पीडितको न्यायको

उद्योगमन्त्री भण्डारी र युरोपियन कमिसनकी उपनिर्देशक फेरानबीच भेट

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युरोपियन कमिसनका

आपत्तिजनक गाली गरेको भोलिपल्टै गृहमन्त्रीसँग माफी मागे भुसालले

काठमाडौं-उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आपत्तिजनक शब्दसहित गाली गरेका निकोलस