कोरा भक्तपुर साइकिलिङ च्यालेन्ज « Khabarhub

कोरा भक्तपुर साइकिलिङ च्यालेन्ज


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– कोरा भक्तपुर साइकिलिङ च्यालेन्ज शनिबार बिहानदेखि भक्तपुरमा सुरु भएको छ । भक्तपुरको दरवार क्षेत्रमा साइकलयात्रीहरु जम्मा भई च्यालेन्ज सुरु भएको हो ।

च्यालेन्ज दरवार क्षेत्रबाट सुरु भएर सिद्धपोखरी, निकोसेरा, बहाखा बजार, बोडे, निलबाराही, बेँसीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशूलडाँडा, तेलकोट, नगरकोट पुगेको थियो । नगरकोटमा खाना खाएपछि थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुन्डु, गाम्चा, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा समापन हुने कार्यक्रम छ । 

सहभागीहरूमध्ये नगरकोटसम्म सबै गएका थिए । त्यहाँंबाट तीन छुट्टाछुट्टै रुट पक्रने छन् । नगरकोटबाट ५०, ७५ र १०० किलोमिटरका तीन वटा रूट तयार गरिएको छ । सोहीअनुसार उनीहरु छुट्टिएका हुन् । 

भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । साथै कोभिडको कारण ज्यान गुमाएका साइकलिष्ट यमलाल रसाइलीको परिवारलाई सहयोग संकलन गरी कोष स्थापना गर्न कार्यक्रम गरेको आयोजकको भनाइ छ । कार्यक्रमबाट ६ लाख रुपैयाँं सहयोग संकलन गर्ने लक्ष्य छ । 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १२ : ५४ बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना