नगरपालिकाका उत्कृष्ट २० जना कृषक पुरस्कृत | Khabarhub Khabarhub

 नगरपालिकाका उत्कृष्ट २० जना कृषक पुरस्कृत


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बेँसीसहर नगरपालिकाले नगरभित्रका उत्कृष्ट २० जना कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ को कार्यक्रमबाट ‘उत्कृष्ट मेयर सम्मान तथा पुरस्कारस्वरूप शुक्रबार २० जना कृषकलाई सम्मानपत्र तथा नगर जनही १०१० हजारबाट पुरस्कृत गरेको हो ।

नगरपालिका कृषि शाखा र पशुपंक्षी तथा मत्स्य विकास शाखाको कार्यक्रमबाट सम्मान तथा पुरस्कृत हुनेमा तरकारी खेती, बाख्रापालन, भैँसी पालनतर्फ, घुम्ती गोठ भेडा पालन, सुँगुर पालन र मौरीपालनमा उत्कृष्ट गर्ने किसानलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको हो ।

सम्मान तथा पुरस्कृत हुनेमा वडा नम्बर १ बाट देविमाया खवास, गुणराज दवाडी, सिताराम लोहनी, वडा नम्बर २ बाट दिपक पराजुली, दिपेन्द्र बोहरा, ज्ञानेन्द्र बोहरा, हिरासिंङ गुरुङ, गणेश खत्री, वडा नम्बर ३ बाट लक्ष्मी थापा, वडा नम्बर ६ बाट विश्वराज थापा, वडा नम्बर ७ बाट सुरज पौडेल, वडा नम्बर ८ बाट मानध्वज आलेमगर, लक्ष्मी पौडेल, वडा नम्बर ९ बाट कालीमाया घर्ती, शोभा खत्री, वडा नम्बर १० बाट जितबहादुर गुरुङ, बुद्धिराम गुरुङ, ज्योति राउत र वडा नम्बर ११ बाट दुर्गाबहादुर अधिकारी र  रामजी पाण्डे छन् ।

कार्यक्रममा नगर प्रमुख गुमानसिंह अर्यालले सीमित साधन र स्रोतका बाबजुद पनि नगरपालिकाले कृषि र पशुपालनको क्षेत्रका नतिजा देखिने गरी काम गर्दै आएको बताए ।   किसानहरूको मनोबल बढाउन सम्मान तथा पुरस्कृत गरेको उनको भनाई थियो ।  नगरप्रमुख अर्यालले किसानहरूको हित र व्यवसाय प्रर्वद्धन गर्ने उद्देश्यले आगामी वर्ष कृषि एम्बुलेन्स र हाट बजार सञ्चालन गर्न लागिएको बताए । 

 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १ : ४३ बजे

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री

महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न

कुवेतस्थित नेपाली दूतावासले भन्यो : घातक पेय पदार्थबाट टाढा रहनुहोस्

कुवेत- कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण करिब ३५ जना नेपाली

एकीकृत समाजवादीको सचिवालय बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले वामदेव गौतमलाई

रवि लामिछानेको मुद्दा न्यायिक कि राजनीतिक ?

काठमाडौं– पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति