नगरपालिकाका उत्कृष्ट २० जना कृषक पुरस्कृत « Khabarhub

 नगरपालिकाका उत्कृष्ट २० जना कृषक पुरस्कृत


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बेँसीसहर नगरपालिकाले नगरभित्रका उत्कृष्ट २० जना कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ को कार्यक्रमबाट ‘उत्कृष्ट मेयर सम्मान तथा पुरस्कारस्वरूप शुक्रबार २० जना कृषकलाई सम्मानपत्र तथा नगर जनही १०१० हजारबाट पुरस्कृत गरेको हो ।

नगरपालिका कृषि शाखा र पशुपंक्षी तथा मत्स्य विकास शाखाको कार्यक्रमबाट सम्मान तथा पुरस्कृत हुनेमा तरकारी खेती, बाख्रापालन, भैँसी पालनतर्फ, घुम्ती गोठ भेडा पालन, सुँगुर पालन र मौरीपालनमा उत्कृष्ट गर्ने किसानलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको हो ।

सम्मान तथा पुरस्कृत हुनेमा वडा नम्बर १ बाट देविमाया खवास, गुणराज दवाडी, सिताराम लोहनी, वडा नम्बर २ बाट दिपक पराजुली, दिपेन्द्र बोहरा, ज्ञानेन्द्र बोहरा, हिरासिंङ गुरुङ, गणेश खत्री, वडा नम्बर ३ बाट लक्ष्मी थापा, वडा नम्बर ६ बाट विश्वराज थापा, वडा नम्बर ७ बाट सुरज पौडेल, वडा नम्बर ८ बाट मानध्वज आलेमगर, लक्ष्मी पौडेल, वडा नम्बर ९ बाट कालीमाया घर्ती, शोभा खत्री, वडा नम्बर १० बाट जितबहादुर गुरुङ, बुद्धिराम गुरुङ, ज्योति राउत र वडा नम्बर ११ बाट दुर्गाबहादुर अधिकारी र  रामजी पाण्डे छन् ।

कार्यक्रममा नगर प्रमुख गुमानसिंह अर्यालले सीमित साधन र स्रोतका बाबजुद पनि नगरपालिकाले कृषि र पशुपालनको क्षेत्रका नतिजा देखिने गरी काम गर्दै आएको बताए ।   किसानहरूको मनोबल बढाउन सम्मान तथा पुरस्कृत गरेको उनको भनाई थियो ।  नगरप्रमुख अर्यालले किसानहरूको हित र व्यवसाय प्रर्वद्धन गर्ने उद्देश्यले आगामी वर्ष कृषि एम्बुलेन्स र हाट बजार सञ्चालन गर्न लागिएको बताए । 

 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १ : ४३ बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना