दुई केन्द्रिय सदस्यसहित ६९ जनाद्वारा जसपा परित्याग « Khabarhub

दुई केन्द्रिय सदस्यसहित ६९ जनाद्वारा जसपा परित्याग


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का दुई केन्द्रिय सदस्यसहित ६९ जनाले सो पार्टी परित्याग गरेका छन । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कारवाही गरेको भोलिपल्ट सो पार्टीका केन्द्रिय सदस्यद्वय विरेन्द्रप्रसाद यादव र टेकबहादुर शाक्यसहित ६९ जनाले पार्टी परित्याग गरेका हुन् ।

विरगञ्जमा पत्रकार सम्मेलन गर्दै पर्सा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यदेखि वडा सदस्यले पार्टी परित्याग गर्दै अध्यक्ष यादवले पार्टीलाई स्वेच्छाचारिता र एकलौटी ढंगले चलाएको आरोप पनि लगाएका छन ।

‘देश र समग्र जनताको परिवर्तनका साथै नेपाली आदिवासी, जनजाति, मधेसी, दलित, थारू, पिछडावर्ग, सीमांकृत वर्गको समानुपातिक समावेशी अधिकार सुनिश्चितता गर्ने महान उद्देश्यका साथ पार्टीको जन्म भएको यथार्थलाई उल्टाएको उनीहरूले आरोप लगाएका छन् । 

पार्टी स्वेच्छाचारिता र एकलौटी ढंगबाट सञ्चालन भएको, नीति, नियम र नेतृत्व प्रस्ट नभएको, पार्टीका संगठनात्मक संरचनामा नभई पार्टीमा व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको र पार्टीमा देश जनताको हितमा नभई सीमित आसेपासे, नातेदारको चंगुलमा डुब्दै गएको’ उल्लेख गर्दै उनीहरूले पार्टी परित्याग गरेको जनाएका छन ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  २ : १९ बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना