डुबानमा  परेकालाई मधेस प्रदेश सरकारकाे उद्धार सहयोग « Khabarhub

डुबानमा  परेकालाई मधेस प्रदेश सरकारकाे उद्धार सहयोग


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेश सरकारले प्रदेश प्रहरीलाई सवारीसाधन र बाढी तथा डुबानमा  परेकालाई उद्धार गर्न विभिन्न सामग्रीहरू सहयोग गरेको छ । प्रदेशका गृह तथा सञ्चार मन्त्रालयले शुक्रवार बिहान मधेश प्रदेश प्रहरी  कार्यालयलाई ९ वटा भ्यान, २९ वटा मोटरसाईकलसहितका सामग्री हस्तान्तरण गरेको छ ।

त्यसैगरी बाढी डुबानमा परेकाहरूको उद्धारका लागि मोटर बोट र जेनरल बोट, टेन्ट र त्रिपालसहितका सामग्री प्रदान गरिएको छ  । प्रदेशका  गृह तथा सञ्चारमन्त्री भरत साहले मधेश प्रदेशका प्रहरी प्रमुख डिआइजी मकसुद आलम खाँलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

गृह तथा सञ्चार मन्त्रालयका अनुसार ९ वटा भ्यान २ करोड ८५ लाख ६५ हजार र १२५ सिसिका २९ वटा मोटरसाइकल ५६ लाख ५१ हजारमा खरिद गरिएको छ । त्यसैगरी बाढी तथा डुबानजस्ता विपदमा उद्धारका लागि बोटसहितको उद्धार सामग्री १ करोड ७४ लाख १० हजार ५८८ रुपैयाँमा खरिद गरिएको मन्त्रालयले  जनाएको छ ।

मधेश प्रदेश प्रहरीलाई शान्ति सुरक्षालाई प्रभावकारी बनाई आम प्रदेशवासीको जनधनको रक्षाको तथा समाजमा शान्ति सुरक्षा कायम गर्न उक्त सामग्री प्रदान गरिएको मन्त्री साहले बताए । अगामी निर्वाचनलाई मध्यनजर गरेर ती सामग्री प्रदान गरिएको उनले बताए ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  २ : ३५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन