डुबानमा  परेकालाई मधेस प्रदेश सरकारकाे उद्धार सहयोग « Khabarhub

डुबानमा  परेकालाई मधेस प्रदेश सरकारकाे उद्धार सहयोग


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेश सरकारले प्रदेश प्रहरीलाई सवारीसाधन र बाढी तथा डुबानमा  परेकालाई उद्धार गर्न विभिन्न सामग्रीहरू सहयोग गरेको छ । प्रदेशका गृह तथा सञ्चार मन्त्रालयले शुक्रवार बिहान मधेश प्रदेश प्रहरी  कार्यालयलाई ९ वटा भ्यान, २९ वटा मोटरसाईकलसहितका सामग्री हस्तान्तरण गरेको छ ।

त्यसैगरी बाढी डुबानमा परेकाहरूको उद्धारका लागि मोटर बोट र जेनरल बोट, टेन्ट र त्रिपालसहितका सामग्री प्रदान गरिएको छ  । प्रदेशका  गृह तथा सञ्चारमन्त्री भरत साहले मधेश प्रदेशका प्रहरी प्रमुख डिआइजी मकसुद आलम खाँलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

गृह तथा सञ्चार मन्त्रालयका अनुसार ९ वटा भ्यान २ करोड ८५ लाख ६५ हजार र १२५ सिसिका २९ वटा मोटरसाइकल ५६ लाख ५१ हजारमा खरिद गरिएको छ । त्यसैगरी बाढी तथा डुबानजस्ता विपदमा उद्धारका लागि बोटसहितको उद्धार सामग्री १ करोड ७४ लाख १० हजार ५८८ रुपैयाँमा खरिद गरिएको मन्त्रालयले  जनाएको छ ।

मधेश प्रदेश प्रहरीलाई शान्ति सुरक्षालाई प्रभावकारी बनाई आम प्रदेशवासीको जनधनको रक्षाको तथा समाजमा शान्ति सुरक्षा कायम गर्न उक्त सामग्री प्रदान गरिएको मन्त्री साहले बताए । अगामी निर्वाचनलाई मध्यनजर गरेर ती सामग्री प्रदान गरिएको उनले बताए ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  २ : ३५ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम– नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल