भक्तपुर जिल्ला अदालत ब्रम्हायणी सर्दै  | Khabarhub Khabarhub

भक्तपुर जिल्ला अदालत ब्रम्हायणी सर्दै 


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर दरबार क्षेत्रमा रहेको जिल्ला अदालत भक्तपुर नगरपालिका–९ स्थित नवनिर्मित आधुनिक भवनमा सर्ने भएको छ । भवन निर्माण सम्पन्न हुनासाथै दरबार क्षेत्रबाट सर्न लागेको हो ।

ब्रम्हायणीको तुमचो दुगुरे चोखा जग्गा एकीकरण आयोजनाभित्रको ६ रोपनी १४ आना जग्गाभित्र निर्माण भइरहेको जिल्ला अदालत भवन निर्माण ८० प्रतिशत सकिएको छ । जिल्ला अदालतका शाखा अधिकृत एवं सूचना अधिकारी विमल पराजुलीले भवन निर्माण ७५ देखि ८० प्रतिशत सकिएको कन्ट्याक्टरले जानकारी दिएको जनाए । उनले छिट्टै अर्थात् चार पाँंच महिनाभित्र नयाँ भवनमा सर्ने योजना रहेको जनाए ।

चार वटा लिफ्टसहित यो भवन सात तल्ला हुनेछ । अन्डरग्राउन्डको दुई तल्लामा पार्किङ, पहिलो तल्लामा सेवाग्राहीको लागि ५० कार र ८० वटा मोटरसाइकल तथा दोस्रो तल्लामा न्यायाधीश तथा कर्मचारीहरूको लागि १५ वटा कार र २४ वटा मोटरसाइकल पार्किङ गर्न सकिने गरी निर्माण गरिएको छ ।

भवनमा कूल दुई सय ४२ वटा कोठा हुनेछन् । त्यसमा १४ वटा इजलास हुनेछन् भने ७० जना क्षमताको तालिम कक्ष र दुई सय ५० जना क्षमताका हलसमेत हुनेछ । अदालतले भक्तपुर दरबार क्षेत्रस्थित पुरानो भवन साँघुरो भएपछि करिब ११ रोपनी क्षेत्रफलको दुई कित्ता जग्गा खरिद गरेको थियो ।

भवन निर्माण ठेक्का केसी–शर्मा–समानान्तर जेभीमार्फत् भइरहेको छ । भवन एक अर्ब ३६ करोड ६७ लाख ९० हजार चार सय ८२ रुपैयाँ बजेटमा निर्माण भइरहेको छ । भवनको शिलान्यास २०७७ माघमा भएको थियो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  २ : ४२ बजे

प्रधानमन्त्रीले भने- सरकारले व्यवसायीमैत्री नीति लिएको छ, ढुक्क भएर लगानी गर्नुस्

क‍ाठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले व्यवसायीमैत्री नीति लिएकाले ढुक्क

 गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्यौट 

काठमाडौं– बेरुजु फर्छ्यौट गरी वित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशीलता

मुस्ताङमा एक महिलामा डेङ्गु सङ्क्रमण

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु समक्रमण देखिएको छ

मोरङमा पूर्वराष्ट्रपतिले भनिन्- विशेष जिम्मेवारी पूरा गरेर सदस्यका रुपमा एमालेमा सक्रिय भइसकेँ

विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङ जिल्ला कमिटीको

टप एन्ड टी-ट्वान्टी श्रृङ्खलामा नेपालको पहिलो जित

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलामा नेपालले पहिलो जित