बागमती प्रदेशमा ४३ प्रतिशत मात्र रोपाइँ « Khabarhub

बागमती प्रदेशमा ४३ प्रतिशत मात्र रोपाइँ


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– पर्याप्त मात्रामा आकाशे पानी नपरेको र सिँचाइको  अभावका कारण यस वर्षको असार महिनाको अन्तिमसम्म अर्थात् बागमती प्रदेशमा ४३ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।प्रदेशअन्तर्गतको १३ जिल्लामा ५१ हजार ४०० हेक्टर खेतीयोग्य जमिनमा रोपाइँ भएको  प्रादेशिक कृषि तथा  पशुपन्छी विकास मन्त्रालयले  जनाएको छ ।

प्रदेशका  अधिकांश पहाडी जिल्लाका  क्षेत्रमा आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने भएकाले अहिलेसम्म धान रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ । रोपाइँ भएका धानका लागि रासायनिक मल समेत अभाव भएको किसानको गुनासो छ । एकातिर पानी नपर्नु र अर्कातिर मलको अभावले किसान समस्यामा परेका हुन्  ।

मन्त्रालयका प्रवक्ता भलकनाथ कँडेलका अनुसार प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँ र  सबैभन्दा कम धादिङ जिल्लामा धान रोपाइँ भएको छ ।प्राप्त विवरणअनुसार काठमाडौँमा ८०, धादिङमा ११, रामेछापमा ३५, दोलखामा ५०, ललितपुरमा ७५ र भक्तपुरमा  ७० प्रतिशत तथा  चितवनमा ४० प्रतिशत धान रोपाइँ भएको छ ।

त्यस्तै सिन्धुली जिल्लामा ४५, काभ्रेमा ६१, सिन्धुपाल्चोकमा ४०, नुवाकोटमा ४५, रसुवामा ५५ र मकवानपुरमा २० प्रतिशत जमिनमा रोपाइँ भएको उक्त मन्त्रालयले जनाएको छ ।यस प्रदेशमा  खेतीयोग्य जमिन एक लाख २० हजार ५०० हेक्टर रहेकामा ९० प्रतिशत जमिनमा धान खेती हुने गरेको छ ।

प्रदेशमा विगत केही वर्षदेखि धान उत्पादन  अर्थात् धान खेती घट्दै गएको मन्त्रालयको विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ मा  पाँच लाख नौ हजार ५९० मेट्रिक टन धान उत्पादन भएकामा २०७६/७७ मा पाँच लाख १० हजार २०० मेट्रिक टन  तथा  २०७५/७६ मा पाँच लाख २१ हजार ४४६ मेट्रिक टन  धान उत्पादन भएको थियो ।    

 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ३ : १८ बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना