मंगलबार गणेश भगवानको बार, यसरी गर्नुहोस पुजा « Khabarhub

मंगलबार गणेश भगवानको बार, यसरी गर्नुहोस पुजा


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार गणेश भगवानको बार हो। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्।

मंगलग्रहको खराब प्रभावलाई हटाउन मंगलबारको दिन भगवान गणेशको पूजा गर्ने गरिएको हो। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ।

यसरी खुसी बनाउन सकिन्छ गणेशलाई !
बिहान सबेरै उठेर स्नान गरेर चोखो कपडा लगाउने।

त्यसपछि घरमा सम्भव भए घरमै पुजा गर्ने यदि छैन भने नजिकै रहेको गणेश मन्दिरमा गएर पुजा गर्ने।

गणेश भगवानको पूजा गर्दा घ्यू अपर्ण गर्नु अत्यन्तै आवश्यक रहेको हुन्छ। यदि धनको लागि भगवान गणेशको व्रत बसेको हो भने गणेशलाई घ्यू अपर्ण गर्दा छिट्टै प्रसन्न हुने विश्वास रहेको छ।

गुलियो खाने कुराहरुबाट प्रसन्न हुने भएकाले गणेश भगवानलाई सख्खरबाट बनेका गुलिया चिजहरु चढाउनुपर्छ।

त्यतिमात्रै हैन गणेशलाई खुसीबनाउने पुजागर्दा वस्त्र पनि चढाउनुपर्छ। यसरी विधिपूर्वक तरिकाले भगवान गणेशको पूजा गरे जीवनमा ठूलो सफलता हात पर्ने मान्यता रहेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ६ : २५ बजे

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

काठमाडौं – ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन

बार्सिलोनाले रियल बेटिसमाथि गर्यो पाँच गोल, टोरेसको ह्याट्रिक

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

भारतको एक नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु

गोवा – भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३

एनपीएलः लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर भिड्दै

काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो

कोरला सडकमा १३ पुल निर्माण

मुस्ताङ – उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक आयोजनाअन्तर्गत हालसम्ममा