बेलायतले भन्यो- ‘रुस्दीमाथि हमलाबारे इरानको टिप्पणी हास्यास्पद’ « Khabarhub

बेलायतले भन्यो- ‘रुस्दीमाथि हमलाबारे इरानको टिप्पणी हास्यास्पद’


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – उपन्यासकार सलमान रुस्दीमाथि भएको हमलामा उनी आफू नै जिम्मेवार भएको भन्ने इरानको भनाइप्रति बेलायतले आपत्ति जनाएको छ ।

‘हमलाको लागि रुस्दी जिम्मेवार थिए भन्नु हास्यास्पद हो’, बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्ताले भने । यसअघि सोमबार इरानको विदेश मन्त्रालयले आक्रमण हुनुमा लेखक स्वयंम दोषी रहेको ठहर गरेको थियो ।

प्रवक्ताले पत्रकारहरूलाई भने, ‘सलमान रुस्दी आफूमाथि भएको यो घृणित आक्रमणको लागि कुनै पनि हिसाबले जिम्मेवार थिए भन्नु हास्यास्पद हो ।’

उनले अगाडि थपे, ‘ यो उहाँमाथिको आक्रमण मात्रै थिएन । यो अभिव्यक्ति र अभिव्यक्तिको स्वतन्त्रतामाथिको आक्रमण थियो । बेलायत सरकार उहाँ र उहाँको परिवारको पक्षमा उभिएको छ । तर, हामी विश्वव्यापी रूपमा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा उभिन्छौं ।’

यसअघि इरानी सञ्चार माध्यमहरुले रुस्दीका आक्रमणकारीको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ७ : १४ बजे

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता

चुरेभावर नेकपामा समाहित नभएको स्पष्टोक्ति

काठमाडौं– चुरेभावर लोकतान्त्रिक पार्टीले आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

मोरङ १ मा कांग्रेसका फागोले सुरू गरे चुनावी घरदैलो

मोरङ- नेपाली कांग्रेसबाट मोरङ निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार खड्ग