पूर्वाधार विकासका योजना कार्यान्वयन प्रक्रिया सुरु « Khabarhub

 पूर्वाधार विकासका योजना कार्यान्वयन प्रक्रिया सुरु


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको नरैनापुर गाउँपालिकाले चालु आर्थिक वर्षमा पूर्वाधार विकासका योजना कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । 

आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न आगामी भदौदेखि योजना कार्यान्वयन प्रक्रिया सुरु हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए । उनका अनुसार भदौदेखि कार्यान्वयन प्रक्रिया सुरु गरी मङ्सिरबाट काम सञ्चालन गर्ने तयारी छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गरेको छ । 

आर्थिक वर्षको सुरुमै सक्रिय भए अन्त्यमा कामको भार कम हुने र आगामी वर्षका योजना छनोट गर्न सहज हुने छ । त्यसैले समयमै काम थालेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । नरैनापुरको वडा नं. १ मा तीन करोडमा विद्यालय भवन, वडा नं. २ र ३ मा सडक नाली निर्माण, वडा नं. ४ मा गाउँपालिकास्तरीय अस्पताल, रङ्गशाला, वडा नं. ५ र ६ मा शिक्षा र सडक पूर्वाधार विकासका योजना कार्यान्वयन हुँदैछन् । 

गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न नभएकाले अहिले साँघुरो भवनबाट सेवा प्रवाह गर्नुपर्ने वाध्यता गाउँपालिकाले यस आवमा विकास योजना वैशाखभित्र सक्ने गरी काम थालेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । नरैनापुरमा यो वर्ष वर्षात् नभएकोले कृषिमा ठूलो समस्या देखिएको छ । सिँचाइको व्यवस्था नभएकाले आकाशे पानीको भरमा धानखेती गर्दै आएका नरैनापुरका किसान भदौ महीना लाग्दा सम्म धान रोप्न पाएका छैनन् ।  

बढ्दो गर्मीसँगै उक्त क्षेत्रमा पानी नपरे पछि कृषियोग्य जमिन बाँझो रहेको र पानीको स्रोत सुक्न थालेपछि नरैनापुरमा पानीको हाहाकार हुँदा नरैनापुर गाउँपालिकालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको अध्यक्ष शाहको भनाइ छ । 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १२ : १९ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर