बालेनमाथि देउवा, ओली र प्रचण्डको फोहोरी राजनीति | Khabarhub Khabarhub

बालेनमाथि देउवा, ओली र प्रचण्डको फोहोरी राजनीति

स्वतन्त्र जनप्रतिनिधि र उम्मेद्वारलाई असफल भएको देखाउने प्रपञ्च !


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : देशको राजधानी काठमाडौँ महानगरपालिकामै सबै दलका उम्मेदवारलाई पन्छाउँदै स्वतन्त्र उम्मेदवारीबाट चुनाव जितेका मेयर बालेन शाहप्रति दलका शीर्ष नेताले नै फोहोरी राजनीति गर्न थालेका छन् । स्वतन्त्र उम्मेद्वारी दिएर पनि जित हासिल गर्दै काठमाडौँको मुहार फेर्ने सपना पालेका बालेनलाई दलका शीर्ष नेताहरूकै योजनामा असफल बनाउने भरमग्दुर प्रयास भइरहेको तथ्य उनीहरूकै पार्टी पङ्क्तिको विज्ञप्तिले देखाएको छ ।

काठमाडौँ उपत्यकाको फोहोर पछिल्लो दुई हप्तादेखि उठ्न सकेको छैन । फोहोर उठ्न नसक्दा राजधानी काठमाडौँ दुर्गन्धित बनेको छ भने आम सर्वसाधारणले मेयर बालेन र सरकारको आलोचना गरिरहेका छन् । यस्तो अवस्थामा पनि फोहोर उठाउनुपर्ने दायित्वमा हातेमालो गर्नुको साटो शीर्ष दलकै नेताहरूको योजनामा फोहोर उठाउन र फाल्नमै अवरोध भइरहेका छन् ।

मेयर बालेनले सामाजिक सञ्जालमा पोस्ट गरेका धेरैजसो धारणामा सत्तारुढ र प्रतिपक्षी दलले बालेनलाई असफल बनाउनका लागि फोहोरमा अवरोध गरेको खुलेको छ । राजधानी जस्तो ठाउँमा फोहोर दुर्गन्धित भएर फैलिदा पनि शीर्ष राजनीतिक नेतृत्व गैरजिम्मेवार बनेको छ ।

यसले नागरिक राजनीतिक दलका शीर्ष नेताहरूमाथि आक्रोशित भएका छन् । बालेनले जित्दा दलहरूको प्रभाव कमजोर बनेको र आफ्नो राजनीतिक अस्तित्व पनि संकटमा परेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड भित्रभित्रै बालेन जस्ता युवा नेतृत्वबाट झस्किएका छन् ।

यसपटकको स्थानीय तहको चुनावमा युवा र दलबाहिरका उम्मेदवारले जित्न थालेपछि मुख्य पार्टीका शीर्ष नेताहरु नै तनावमा देखिन्छ । जुन प्रतिशोध अहिले पार्टीका शीर्ष नेताहरूले बालेनमाथि साँधिरहेका छन् ।

काठमाडौँसहित देशका विभिन्न ठाउँको राजनीति अहिले सोचेजस्तो छैन । शीर्ष नेताहरू स्वयंमले अहिले सोचेजस्तो राजनीति हुँदैन । जसरी काठमाडौँमा बालेनलाई फोहोर व्यवस्थापन गर्न नेताहरूले अवरोध गरिरहेका छन्, यसको सिधा असर आगामी चुनावमा पर्ने निश्चित छ ।

आम मानिसहरू फोहोर नउठ्नुमा को मुख्य जिम्मेवार र दोषी छ भनेर पत्ता लगाउन सक्षम छन् । यस्तो अवस्थामा दलहरूले सोचेको जस्तो सजिलो भने पक्कै छैन । यो तवरले अब नयाँ शिराबाट युवाहरूको राजनीति सुरु भइसकेको छ ।

आफूले जित्न अर्कोलाई हराउने भन्ने राजनीतिक दलका नेताहरूको मुर्खता अब जनताले बुझेकै छन् । यसकारण पनि काठमाडौँमा बालेन शाहमाथि फोहोरी राजनीति गर्ने प्रचण्ड, माधव नेपाल र देउवाको राजनीतिक भविष्य उज्यालो हुँदैन ।

बालकोटमा बसेर बालेनलाई गाली गर्दैमा एमालेको जित निश्चित हुँदैन । बरु अहिले अस्तित्वमा रहेका दलहरूले विकृतिको समस्या हटाएर जनतामा आशा र समाधान दिनुपर्ने तर्फ गम्भीरता अपनाउन आवश्यक छ । होइन भने भोलिका दिनमा यसले झन् ठूलो संकट ल्याउने निश्चित जस्तै छ ।

यदि समयमै बालेन जस्ता निर्वाचित जनप्रतिनिधिमाथि फोहोरी राजनीति गर्नुको साटो आफ्ना कमजोरी हटाउनतिर दलका नेता लागेमा देश र स्वयं उनीहरूकै नेता कार्यकर्ताप्रति नागरिकको भरोसा बढ्छ । अन्यथा आउँदो चुनावमा अहिले बालेन, हर्क साम्पाङ र गोपाल हमालजस्ता सयौँ युवा उदाउँदा अहिले वर्चश्व जमाएका नेताहरूको बहिर्गमन बाध्यता बन्नेछ । जुन उनीहरूकै लागि महँगो बन्न सक्छ ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ४ : ३२ बजे

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरणमा दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु